पुस १४ गते शनिवार इलामको माङ्सेबुङसम्मको यात्रा तय भयो । विहान ६ बजे नै जोडोमा लगाउने लुगा झोलामा पोको पारेर हामी यात्रामा निस्क्यौ । साथमा धरानबाट प्रकाशित ब्लाष्ट दैनिकका सम्पादक किशोरकुमार कार्की, औजार दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहोर, संसद संचिवालयका एकराज दाहाल साथमा थियौ । त्यहाँ हुने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी हुनु हुन्थ्यो । धरानका चिरपरिचित प्रदेशका सभामुख, धरानका लोकप्रिय नेता , त्यही भएर हामी उहाँकै गाडीमा घुस्यौ ।
दमकको बेलगाडी शिविरसम्म सजिलो यात्रा थियो । त्यस पछि भने यात्रा सजिलो थिएन । हामी कोही त्यो बाटोको विषयमा जानकार पनि थिएनौं । सोध्दै भिआईपी गाडीमा हामी उकालो लाग्यौ । धरानका अग्रेज पत्रकार नेता किशोरकुमार कार्की भन्दै हुनु हुन्थ्यो, (‘अप्ठोरो बाटोको एतिहासिक यात्रा, सडकमा उभिएका टूाफिक प्रहरी साथी भाईको स्यालुट निकै खाइने भयो ।’
गाडीको अग्रभागमा सभामुखका पिएसओ सई कृष्ण श्रेष्ठ बाटोको अवस्थाबारे जानकारी लिदै हुनु हुन्थ्यो । प्रदेश सरकार, स्थानीय तहको गतिविधिबारे छलफल गर्दै हामी उकालो लाग्यौ ।
....................
एउटै खोला ४३ पटक गरियाे

damak-rabi-road
सुरक्षाको दृष्टीकोणले बाटो निकै जोखिमपूर्ण थियो । भिआइपीको गाडीमा रतुवा खोलै खोला भएर जानु पर्ने । नयाँ चालकलाई कहाँनेरि बाटो भन्ने खुट्याउन हम्मे । हामी रतुवा खोलाको तिरैतिर गन्तव्यमा लाग्यौ । एउटै खोला ४३ पटक तरे पछि हामी दोभान भन्ने ठाउँमा पुग्यौ । यो सकसपूर्ण यात्रा दोभानसम्मको दुरी २६ किमी रहेछ । हामीले यो दुरी दुई घण्टामा तय ग¥यौ ।
अहिले दमक(चिसोपानी(रवि टूयाक बनेर कालो पत्रेका लागि काम भईरहेको रहेछ । त्यो बनि सके पछि भने खोलाको बाटो हिड्न नपर्ला । जिल्लाको एतिहासिक स्थान लारुम्वा, माङ्सेबुङ, रवि जाने सवारी रतुवा खोलाभित्रबाटै जानु पर्ने बाध्यता रहेछ । बर्षायाममा त्यो रुटमा सवारी जादा नसक्ने रहेछन् । तर हाल भने खोला किनारबाट टूयाक खोलिएको रहेछ । यो मार्ग हुँदै हाल दैनिक २० वटा जिप र दुईवटा बस चल्छन् । दुई लेनको ए ग्रेट पिच बनाउने गरि गत जेठमै निर्मल उप्रेतीले ठेक्का पाइसकेका जानकारी सो क्षेत्रका प्रदेशसभा सदस्य धिरेन्द्र शर्माले हामीलाई जानकारी गराउनु भयो । ४० करोड बजेटको यो सडक अवको दुई बर्ष भित्र बने पछि भने हामीले गरेजस्तो सकसपूर्ण यात्राको अन्त्य हुने देखियो । पाँचथर र इलामका माथिल्लो भेगलाई पूर्वको कर्णाली भनिदो रहेछ । पप्पु कन्स्टूक्सन जस्ता ठेकेदार कम्पनि परेनन भने सडक निर्माण पछि ती गाउँ सुगम बन्ने हामीले महसुस ग¥यौ ।
.................
दोभानमा रातो चिया खाएर हामी उकालो लाग्यौ । अघिल्लो दिन पुरै हिउँले भरिएको बाटोमा हामीले हिउँको डोवमात्र भेट्यौ । विचमा पग्लन बाँकी रहेको हिउँमा फोटो खिच्न पनि भ्याऔं । भिआईपीको गाडी जहाँपायो त्यही सुरक्षाकर्मीले रोक्न नदिने अवस्थामा पनि यो अवसर हामीलाई सभामुखले प्रदान गर्नु भयो ।
हाम्रो गन्तव्य माङसेबुङ चोसोपानीसम्म थियो । ११ बजे जो निर्धारित समयमै हामी त्यहाँ पुग्यौं।
........................
निुशल्क स्वास्थ्य शिविर
लाइन्स क्लव र माङमालुङ चिया बगान लिमिटेटले आयोजना गरेको वृहत स्वास्थ्य शिविर उद्घाटन थियो । बगानका कार्यकारी निर्देशक कुदार लामिछानेको निमन्त्रणामा हामी त्यहाँ पुगेका थियौं ।
इलामको माङसेवुङ र पाँचथरका मिक्लाजुङ गाउँपालिकाका केटाकेटीदेखि ७०÷८० बर्षसम्मका वृद्ध÷वृद्धाहरुको उत्साहपूर्ण उपस्थिति देखियो शिविरमा । विशेष गरेर उच्च रक्तचाप, सुगरका विमारीका लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम रहेछ । दमकबाट लाइन्सका विभिन्न कमिटि तथा विभिन्न अस्पताका विशेषज्ञ डाक्टरहरु उक्त दुर्गम गाउँमा सेवा दिन पुगेका रहेछन् । जेनेरल मेडिसिन, हार्डजोर्नी, छाना, नसा, बाल रोग, दाँत, नाककानघाटीलगायतको सबै सेवा त्यहाँबाट प्रदान गरिएको थियो । समान्य ल्याव टेष्ट र जटिल विमारीलाई दमक अस्पतालमा निशुल्क शल्यक्रियाको समेत व्यवस्था आयोजक संस्थाले गरेको थियो । शिविरको नेतृत्व डा. सूर्य नारायण साहले गरेका थिए । बास्तवमा शिविर महत्वपूर्ण थियो । शहरमा भएका स्वास्थ्य संस्थाहरुले पायक पर्ने स्थानमा मात्र स्वास्थ्य शिविर राखेर सामाजिक काम गरेको देखाउने गरेका छन् । तर दमकमा भएको पाथिभरा नेत्रालय, गोदावरी अस्पताल, आम्दा अस्पताल, दमक हस्पिटल औषधी व्यवसयाी संघ मेचीले अति दुर्गम क्षेत्रमा शिविर राखेर गाउँलेको उद्धार गरेका छन् । त्यसको चादोपाजो चिया बगानल ेमिलाएको थियो । व्यसायीक चिया कम्पिनि सामाजिक काममा पनि राम्रो उपस्थिति त्यहाा हामीले देख्यौं ।
लौरो टेक्दै गाउँबाट आएका वृद्ध÷वृद्धाहरुले आफ्नै आँगनमा विशेषज्ञ चिकित्ससहितको सेवा लिन पाउदा उनीहरुको मुहार उज्यालो थियो । झण्डै तीन सय स्थानीयहरु लाभान्वित भएका थिए । उहाँहरुको कामलाई उत्साह जगाउन सिङ्गो प्रदेशका प्रदेशसभामुख प्रदिककुमार भण्डारीको उपस्थितीले गाउँले मनहरु पनि उज्यालो भएको थियो ।
अघिल्लो प्रतिनीधि सभामा त्यही क्षेत्रका सभामुख सुवास नेम्वाङ भए पनि गाउँमा उनीहरुले स्वागत गर्न खादै पाएका रहेनछन् । प्रदेशका यो बर्ष प्रदेशका पहिलो सभामुखलाई दुर्गममा भेटेर त्यहाँको चिसोपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलविक्रम सुब्वाले सभामुखलाई सम्मान समेत गर्नु भयो । गहभरी शब्दको स्वागत र गलाभरी मालोले सभामुखलाई सम्मान गरे गाउँलेहरुले ।
..................
पर्यटकीय गन्तव्य माङ्सेवुङ

IMG_20181229_142454 VID_20181230_071820.3gp
उतरमा पाँचथर दक्षिणमा इलामको विचमा पर्ने सिचोपानी पञ्चमी बजार एउटा ऐतिहासिक बजार हो । कुम्भकर्ण हिमालको दृष्य र पूर्वमा सूर्योदय हेर्न उत्तम स्थान सिचोपानी त्यतिकै मनमोह रहेछ । विहान उठ्ने वितिकै हिमान देखिने करिव २ हजार ८ सय मिटर उचाइमा अवस्थित पञ्चमी बजार मनै लोभ्याउने दृष्य थियो । निकै पुरानो विकसित हुदै गरेको चिसोपानीमा कलकलाउदा चियाको बगानले झनै आकर्षण थपेको रहेछ । ३ हजार रोपनी पाखो नागीमा चियाको बगानले यो ठाउँलाई झन मनमोहक बनाएको छ । फिक्कल भन्दा उच्च स्थानमा भएकाले यहाँको चिया पनि उत्कृष्ट रहेछ । चीन, भारत, अमेरिका, अस्टूेलियालगायत मुलुकमा यहाँको चिया निर्यात हुदै आएको छ । उच्च क्षेत्र चिया खेतीले यहाँ एग्रो टुइरिजमको पनि उतिकै सम्भावना रहेछ ।
.....................
महा गुरु फागुनन्दको जन्मस्थल

chakrashila-2 IMG_20181229_141741
शिविर उद्घाटन पछि चिसोपानी बजारदेखि १ किमीपूर्व रहेको माङ्मालुङ देवस्थल घुम्यौं । यो माङ्सेबुङ गाउपालिकाको २ र ६ वडाको संगमस्थलमा पर्दछ । जंगलले घेरेको विचमा भागमा विभिन्न आकृतिका देवलहरुरहेका छन् । यहाँ एउटा औलाले हल्लाउन सकिने आश्चर्यको ढुङ्गा छ । ठूलो ढुङ्गा माथि रहेको उक्त ढुङ्गा एउटा औंलाले हल्लाउन सकिने भए पनि त्यसलाई पल्टाउन लडाउन भने सकिदैन् । उक्त ढुङ्गालाई लडाउन खोज्ने आफै मृत्यु भएको माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता लिम्ुले हामीलाई जानकारी दिनु भयो । सभामुख भण्डारी, सोही क्षेत्रका प्रदेश सभा सदस्य धिरेन्द्र शर्माले पनि हल्लाउनु भयो । झण्डै पशुपति क्षेत्रजस्तै भूगोममा रहेको यो धार्मिक पर्यटकीय सम्भावना बोकेको स्थल हो । यहाँ फागुनन्दको बारेमा अध्ययन अनुसन्धान गर्नका लागि पनि उपयुक्त स्थल रहेको छ ।
सबैले सिक्नु पर्ने कुराः सात बुँदे सत्यधर्म मुचुल्का
महागुरु तथा राष्टिूय विभूति फाल्गुनन्द लिङ्देनको ज्ञान आर्जन र तपस्या गरेको पवित्र भूमिमा हामीले घुम्ने मौका पायौं । यहाँबाट केही सिक्न् पर्ने पनि रहेछ । लारुम्वा क्षेत्र जो माङसेबुङ गाउँपालिका भित्र पर्छ । उक्त क्षेत्रमा माछामासु, जाँड रक्सी निषेध गरिेको रहेछ ।
किरात धार्मिक इतिहासमा १९८८ साल वैशाख २४ गते मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्दको विशेष पहलमा लोब्रे, पाचथर लिम्बुवानमा किरातहरूको एक बृहत छलफल भएको र यसले सत्यधर्म मुचुलल्कालाई अगाडि सारेर समाज सुधारको अभियान थालिएको इतिहास रहेको छ । छलफलले धार्मिक, भाषिक, सांस्कृतिक रूपान्तरणका बुँदाहरू उल्लेख गर्दै ‘सात बुँदे सत्यधर्म मुचुल्का निर्माण गरेको यहाँका अग्रजहरुले हामीहरुलाई जानकारी गराउनु भयो ।
१.युमाठेवाको आराधना गर्ने,
२. श्रीजंगा लिपिमा अध्ययन गराउने,
३.छोरा छोरीलाई समान शिक्षा दिने,
४.माङहिङ निर्माण गर्ने,
५. मादक पदार्थ सेवन नगर्ने,
६. छोराको बिहेमा दाम नलिने,
७.स्वदेशी कपडा लगाउन
यि सात वटा संन्देशले यहाँको समाजमा व्याप्त नारी विभेद, आन्तरिक तथा वाह्य भाषिक तथा धार्मिक उपनिवेशीकरणको प्रतिवाद गर्दै समाजलाई समानता, मानवता, एकता, अहिंसाको मार्ग निर्देश गरेको पाइयो । यसबाट अन्य ठाउँको समाजले पनि सिक्नु पर्ने कुरा रहेछ ।
........................
हामी देवस्थल घुमे पछि पाँथथरको रवि बजार नजिकै रहेको चिया बगान हेर्न लाग्यौ । घाम पश्चिममा डुब्न हतारिदै थियो । माथि हिमालमा हिउँ टल्किरहेको थियो । साँझ पख जाडो निकै थियो । हाम्रा आँखा अघाउका थिएनन रत टाडैबाट रवि बजार हेरेर हामी चिसोपानी बजार फरक्यौं । रवि बजारबाट स्कटिङका लागि प्रहरी साथीहरु आइसकेका थिए । सभामुखका पिएसओले फर्कादिए । चिसोपानी फर्कदा साँझ परिसकेको थियो । सभामुख र माननीय वडा अध्यक्ष प्रदिपकुमार राईको घरमा पाउना लाग्नु भयो । हामी श्रेष्ठ होटलमा पाउना लाग्यौ । ग्रिन टि पियौं । श्रेष्ठ होटलकी भगवती श्रेष्ठले झण्डै तीनसय जति पाउनाहरुलाई राम्रो आतिथ्यता गराउनु भयो । माङमालुङ चिया बगानकी संचालक समिते रहेकी श्रेष्ठको सकृयता, आत्मियताको सभामुखले समेत प्रसंशा गर्नु भयो ।
...................
चिया बगानको साधारण सभा

IMG_20181230_154700
भोली पल्ट चिया बगानको साधारण सभा थियो । बगानका कार्यकारी निर्देशक केदार लामिछानेको आतिथ्यतामा हामी त्यहाँ पुगेका थियौ । ७ हजार रोपनी जग्गा भएको चिया बगानले राम्रो प्रगती गरेको रहेछ । ५ सय शेयर सदस्य रहेको बगान गुणस्तरी चिया उत्पादक संस्था भएको स्थानीयले हामीलाई बताए । उच्च पहाडी क्षेत्रको बगान भएकाले यहाँको चिया स्तरिय भएको चियाविज्ञहरुले हामीलाई जानकारी गराए । दिन भरी साधारणसभामा सहभागी भयौ । उद्योग क्षेत्र घुम्यौ । ३ बजे हाम्रो धरान फर्कने तालिका थियो तर कार्यक्रम सकिदा ४ बज्यो । झण्डै ६ घण्टाको बाटो राती हिड्न सुरक्षाको दृष्टिले असजिलो हुने सुरक्षा निकायले जानकारी गराए पछि हामी त्यो रात पनि त्यही बस्यौ । हामी दैनिक पत्रिकाहरुमा काम गर्ने मान्छे, निर्धारित समयमा फर्कन नपाउदा चिन्तित भयौ । रणध्वज जी त केदारजीसँग रिसाउनु पनि भयो । केदार जी बाठो मान्छे हिड्ने बेलामा ग्रिन टि उपमहार दिएर खुशी बनाए । सभामुख भण्डारी चिया बगानका कार्यकारी निर्देशक केदार लामिछानेलाई भन्देैहुनु हुन्थ्यो-केदार जी तपाईलाई हामीले त धेरे समय दिऔ हैं ।’
.................
भिआईपीको गाडी पहिलो पटक दुर्गममा

49399992_580388442424279_1733900334872395776_n
शहर बजार छिचोलेर अप्ठारो बाटो पार गर्दै चिसोपानी झण्डावाल गाडी पुगेको पहिलो भएको त्यहाँका केही व्यक्तिले हामीलाई बताए । स्वास्थ्य शिविर उद्घाटनमा माननीय धिरेन्द्र शर्मा आफै भन्दै हुनुहुन्थ्यो(‘पूर्वको कर्णाली, अव कर्णाली रहने, अप्ठोरो सडक भए पनि बाटाने बनेको छ । झण्डवाल गाडीसमेत यहाँ आइपुग्न थालेका छन् ।’
वास्तममा त्यो क्षेत्र दुर्गम क्षेत्र हो तर क्रमशः दमक(रवि सडक र राँके(भेडेटार सडक विस्तारले सुगम बन्दै गएको छ । धरान, इटहरी, दमकलाई सडक विस्तारले नजिक बनाएको छ ।
.................
हामी भोली पल्ट विहान सूर्योदय हेर्दै धनकुटा ६ नं. बुधबारे( भेडेटार हुदै धरान फरक्यौं । चिसोपानीबाट भेडेटार ६८ किमी दुरी रहेछ । सबै उक्त बाटोको नयाँ यात्री भएका कारण बाटोमा अलमलियौ पनि । किशोर दाईको मोवाईलमा भएको म्याप डट मीको सहायतामा हामी राजारानी १० विहान पुग्यौ । त्यहाँबाट भने हाम्रो चिरपरिचित बाटो थियो । १२ बजे धरान आईपुग्यौ ।
सम्वृद्धिको ढोका खुल्दैः दमक-पञ्चमी सडक विस्तार हुदै
पूर्वको कर्णाली भनेर चिनिएको माङसेबुङ, पाँथथरको मिक्लाजुङ, गाउँपालिका यति बेला सुगम बन्दै छन् । दमकदेखि चिसोपानी मिक्लाजुङ हुदैं रवि सडक ठेक्का लागि सकेको छ । पिच बनाउनलाई धमाधम काम भईरहेको छ । पञ्चमी बजार जुन चिसोपानी बजार पनि भनिन्छ। करिव ३७ किमी सडक बन्दै छ । यो सडक कालोपत्र भए पछि ४३ पटक खोला तरेर दमकबाट आउनु पर्दन ।
सम्वृद्धिको आधारः भेडेटार-राँके सडक निर्माण
दमकबाट आउने बाटोलाई यता भेडेटार(राके सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको छ । प्रधानमन्त्रि केपी ओलीले गत पुस २० गते सडकको उद्घाटनसमेत गरिसक्नु भएको छ ।
मोदी नेपाल आएका बेला सडकमा लगानी गर्छु भनेर सदनमा बोलका थिए । त्यस बेला सभामुख सुवास नेम्वाङले होटल हायतमा इलामको चिया खुवाएका थिए । त्यही प्रभावले मोदीले उनले बोलेको कवोल भेडेटार(राँकेसडक बनाउन सहमति जनाए । ३ अर्व ६० करोड लागतमा ग्लोवल टेण्टरको माध्यमबाट भारती कम्पनिले ठेक्का पाई काम शुरु गरेको छ । दुई लेनको सडकको लम्बाई रविसम्म १०३ किमी रहेको छ । यसको रुट भेडेटार(राजाधानी(६ नं. बुधबारे(लेखगाउँ(,पञ्चमी चिसोपानी( सप्तमी बजार(दशमी( रवि(घुर्मीसे र राँकी जोडिने छ । राँकेबाट इलाम बजारसम्म सडक कालो पत्रे भइसेकेको छ ।

49267026_1835158029943208_9001804453694668800_n 1