नेपाल कम्युनिष्टआन्दोलनकाे भविष्य र विश्लेषण

alt
  • पुष २६, २०७५
  • १०० पटक पढिएको
  • पारस काङमाङ राई

विषय प्रवेश :
वि.स. २००६ साल, पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो । राणाविरोधी क्रान्तिसँग सम्बन्धित भएर स्थापना भएको कारण शुरुका समयमा निति सिद्धान्त र लक्ष्य स्पष्ट किराटी गर्न नसकेका भएपनि समय बित्दै जानेक्रममा साम्राज्यवाद, पुँजीवाद, विस्तारवाद तथा तत्कालीन अवस्थामा देशीय सामन्तवाद विरोधी यसको चरित्र अनुसार समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अधिक्तम लक्ष्य थियो ।

तथापी यसको इतिहासमा रुस र चीनको जस्तो क्रान्तिका कुरा गरेपनि सिद्धान्तको वहस भन्दा नेतृत्वको होडवाजी, गुटु, उपगुटु र विभिन्न समूहमा विभाजन भएको पाइन्छ । पुष्पलाल लाई २ वर्ष नपुग्दै महासचिवबाट हटाइयो ।

वि.स. २००६ सालबाट हालसम्म आइपुग्दा विभिन्न उत्तरचढावहरु कम्युनिष्ट पार्टीमा देखा पर्याे । यतिबेला पनि विभिन्न समूहमा रहेका छन् । समाजवादको वहस हुन छाडेको छ । तत्कालीन ने.क.पा. (एमाले) मा २०५० सालमा मदन भन्डारीको हत्या पश्चयत समाजवादको बहस हुन छाड्यो ।

नेकपा (माओवादी) मा शान्तिप्रकृियामा सामेल भएपछि समाजवादको बहस हुन छाड्यो । नेताहरुले भाषण गर्ने क्रममा बेला-बेला “समाजवाद” शब्दको प्रयोग बाहेक केही पनि हुन सकेको छैन । सत्ता, शक्ति, पैसा केन्द्रित राजनीतिक बढेर गयो ।

राजनीतिक व्याभिचार बढ्यो । “आमूल परिवर्तको नारा” व्यवहारमा लागू हुन सकेन । “सवृद्धी” भन्ने शब्दलाइ प्रयोग गर्द कम्युनिष्टहरुले ख्याल गर्ने कुरा सिंगापुर, ताइवान, कोरियाका विकाशक्रमलाई पनि नियाल्नु पर्दछ । यसकारण नेपाल कम्युनिष्ट आन्दोलन एउटा वौदिक आन्दोलनको प्रतिकृया मात्र भएको विश्लेषण गर्न सकिन्छ ।

भारतीय कम्युनिष्ट पार्टी
नेपालमा रुसपन्थी, चीनपन्थी बाटोको सन्दर्भमा बहस भएको पाउँदछौं । तर खासगरी भारतीय कम्युनिष्ट पार्टीकै प्रभावमा नेकपाको स्थापना भएको थियो । यसकारण नेकपा विभाजन विश्व कम्युनिष्ट आन्दोलन नै मूल विषय रहेको भएपनि ढाड्स दिनेहरु चहि भारतीय कम्युनिष्ट पार्टीहरु नै थियो ।

भारतीय कम्युनिष्ट पार्टीहरुबाट नै नेपालमा विश्व कम्युनिष्ट आन्दोलनको विभाजनमूखी प्रवृत्ति आइपुग्यो । यसलाई तुलसीलाल अमात्यले पनि स्वीकोरोक्ती दिएका छन्” (२०६०-७१ : १५ के.सी) भाकपा स्थापनका बारेमा फरक मान्यताहरु रहेका छन् ।

भाकपाले ई १९२५ कानपुरमा भएको मानेका छ, भने भाकपा (माक्र्सवादी) ले ई १९२० ताशकन्दमा भएको मानेको छ । भारतमा कम्युनिष्ट पार्टी विभाजनको पृष्ठभूमी अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको मतभेदबाटै शुरु भयो ।

शुरुमा रुस र चीनको बाटोसँग असहमत राखेको थियो । तीनीहरु एकअर्कामा “शंसोधनवादी” भएको दोषारोपण गदर्थे । बाकीरहेका कम्युनिष्टहरु चाँहि तीनीहरु “सामाजिक जनवादी पार्टी” रहेको ठहर गर्दथे ।

रुस र चीनको बाटोका सन्दर्भमा पनि बिल्ला मात्र ठोकाठोक भएको देखिन्थ्यो । ई १९४६-५१ बीचमा भारतीय कम्युनिष्ट पार्टीले शसस्त्र क्रान्तिको बाटोलाई परित्याग गरी संसदीय प्रणालीको बाटोलाई अप्नाएपछि तीनीहरु वास्ताविक कम्युनिष्ट पार्टी नभएको र “सामाजिक जनवादी पार्टी” रहेको विश्लेषण भारतीय विश्लेषकहरुले गरेका थिए ।

भाकपाको दोस्रो महाधीवेशन ई १९४८, फेबवरी २८ देखि मार्च ६ सम्म कलकतामा सम्पन्न भएको थियो । यहिबाट पार्टी नेतृत्वमा गुटबन्दी, विवाद मात्र भएनकी विभाजनको शुत्रपातसम्म भयो ।

त्यसभित्र देखिएको विवाद भारत स्वतन्त्रपछि पुजीपती वर्गको नेतृत्वमा सत्ता रहेको कारण भाकपाले सरकारसँग सहयोगपूर्ण सम्बन्ध बढाउँदै शसस्त्र संघर्षलाई परित्याग गरी संसदीय संघर्षको माध्यमबाट पार्टीलाई कांग्रेसको विकल्पको रुपमा उठाउनु पर्छ भन्ने र अर्को हिंस्सा शसस्त्र सघर्षको माध्यमद्वारा कम्युनिष्ट सत्ता निर्माण गर्नुपर्छ भन्ने थियो ।

यही विवादका कारण भाकपा विभाजन भई भाकपा (माले) गठन गर्न पुग्यो । वास्तवमा यसलाई नेपालको सन्दर्भमा दाँजेर हेर्ने हो भने नेपाली कांग्रेस भारतीय काग्रेसको रुप, विस्तार भएजस्तै नेकपा पनि भारतीय कम्युनिष्ट पार्टीकै विस्तारको रुपमा विकाश भएको पाइन्छ ।

नेपाल कम्युनिष्ट पार्टी ः
नेपालमा कम्युनिष्ट आन्दोलनको प्रभाव रुसकोबाटो देखि प्रवेश नगरी चीनको बाटो हुँदै आएको हो । चीनबाट आएको यो हावा तिब्बतबाट नभएर भारत हुँदै नेपाल प्रवेश गरेको हो । नेकपाको स्थापनामा भारतको पश्चिम बंगालको कम्यनिष्ट पार्टीको प्रभाव थियो ।

स्थापनाकालमा ठोसरुपमा निति, सिद्धान्त अगाडी सार्न सकेन । यसकारण रुस र चीनको जस्तो क्रान्ति फगत गफ जस्तो मात्र रह्यो । कार्यनिति र रणनीति बनाउन चुक्यो । खासगरी भारतकै कम्युनिष्ट पार्टीको जस्तो “वामपन्थी” सोच र शैली अप्नाउन थाले ।

जसको कारण आमूल परिवर्तको क्रान्तिदेखि संसदीय निर्वाचन र शान्तिपूर्ण “वामपन्थी” प्रवृद्धि नेपालमा बढेर गयो ।

भाकपाको महासचिव पदबाट रणदिवलाई हटाए जस्तै नेकपाको महासचिव पदबाट पुष्पलाल श्रेष्ठलाई पनि हटायो । पुष्पलालको विदाइपछि पनि “शसस्त्र किसान आन्दोलन” जारी रह्यो । वि.स. २०१० मा भएको प्रथम महाधीवेशनमा “शसस्त्र संघर्षको लाइन “त्यागेको राजनीतिक प्रतिवेदन मनमोहोनको नेतृत्वमा पारित भयो ।

यसबेला पनि “जनवादी क्रान्तिको नारा थियो ।” पार्टीको दोश्रो महाधीवेशनमा जसको निति सिद्धान्त थियो उ नेतृत्वमा आउन सकेन । जसको थिएन उ नेतृत्वमा आयो । २०१५ सालमा पार्टीलाई निर्वाचनमा होम्यो ।

यो बेलापनि नेतृत्वको गुटबन्दि बाहेक केहीपनि थिएन । २०१९ मा बनारसमा भएको तृतीय महाधीवेशनले पनि सैद्धान्तिक तथा संगठनात्मक दृष्टिकोण सार्न सकेन । पुष्पलाल श्रेष्ठलाई पदबाट अपदस्त गरी पार्टीमा हालीमूहाली गर्न सफल मनमोहन र केशरजंग गुटले २० वर्षभित्रमा थोपारेको कुडाकार्कट्को थुप्रो पन्छाउन तत्कालीन युवाहरुले अर्कोबाटो अवलम्बन गर्न पुगे ।

२०३१ सालमा चौथो महाधिवेशनपछि २०३५ मा ने.क.पा. (माले) गठन गर्दै क्रान्तिको रुप र स्वरुपलाई परिमार्जन गर्याे । यसपछि २०५२ सालमा नेकपा (माओवादी) ले शसस्त्रक्रान्तिको बाटो रोजेपनि १० वर्ष ९ महिना ५ दिनपछि शान्ति प्रकृयामा सामेल हुँदै “संसदको बाटो” रोज्यो । यो पुरानै प्रवृद्धि थियो ।

यसरी नेपाली कम्युनिष्ट पार्टीहरु झण्डै ५० पटक विभाजन भयो । उनीहरुले आफ्नो सिद्धान्तको विकाश गर्न सकेन । भारतमा झैं नेपालमा पनि “नेपाली कांग्रेसको विकल्प पार्टीकारुपमा मात्र विकाश गर्यो ।

खासमा नेपाली कम्युनिष्टहरुले वर्ग विश्लेषणसम्म गर्न सकेका छैनन्” (२०६०-७१ ः ३७ के.सी.) यसकारण वस्तुत क्रान्तिको गफ्गाफ जस्तो मात्र रह्यो । सिद्धान्तको बहस नभएर व्यक्तिगत टक्राब, गतिविधी मात्र रह्यो ।

जसले विभाजन निम्तिायो । एकता हुँदापनि पद भागवण्डाको राजनीतिक गर्यो । उद्योगपति, आर्थिक हुने, नेता कार्यकर्ताहरु पार्टीमा बाेलवाल हुँदैछ । निम्नपुँजीवादी र दलाल पुँजीपति वर्गको संरक्षण गर्ने थलोको रुपमा विकाश हुँदैछ ।

नेपाल कम्युनिष्ट आन्दोलनको भविष्य कता तिर ?
आमूल परिवर्तनद्वारा उत्पादनको साधनमा राज्यसंयन्त्र मार्फत अधिपत्य जमाई तीनको सामाजिकीकरण गर्नु कम्युनिष्ट आन्दोलनको उद्देश्य हो । यसो भनिरहदा शास्त्रीय माक्र्सवाद, नवमाक्र्सवाद तथा यूरो कम्युनिजम एवं वामपन्थी विचार धारालाई मैले विर्सेको छैन ।

बरु शसक्त कसरी बनाउन सकिन्छ भन्ने पक्षलाई जोड् दिन चाहेको हो । तर नेपालको सन्दर्भमा कम्युनिष्ट आन्दोलन भित्रको सत्यता के हो भने जब समाजवादको वहस नै हुँदैन र शान्तिपूर्ण संसदीय अभ्यासमा पार्टीलाई होमेपछि कम्युनिष्ट पार्टी नभएर सामाजिक जनवादी पार्टी वा लोकतान्त्रिक गणतन्त्रवादी पार्टी रहेको विश्लेषण विभिन्न वुद्धिजीवी एवं कम्युनिष्ट पार्टीहरुको राजनीतिक प्रतिवेदन र विधानलाई साछी राखेर गर्न सकिन्छ ।

जसरी मनमोहोन अधिकारीले एकअन्तवार्तामा भनेको थिए “कम्युनिष्ट पार्टीको नाम र झण्डा राख्नु प्रतिक चिन्ह मात्र हो ।” यसले पनि सिद्ध गर्छ की जसरी सन् १९४६-५१ सम्ममा भारतीय कम्युनिष्ट पार्टीहरुले भारतीय कांग्रेसपार्टीको विकल्पको रुपमा मात्र आफूलाई विकाश गर्न खोज्यो त्यसरी नै नेपाल कम्युनिष्ट पार्टीले पनि नेपाली कांग्रेसको विकल्पको रुपमा मात्र विकाश गर्न चाह्यो ।

नेपाल कम्युनिष्ट आन्दोलन नेपाली कांग्रेसको आन्दोलन भन्दा प्रगतीशील अवश्य हो ।

मुख्य प्रश्न चहि राज्य सयन्त्रमा बसिरहेका तत्व/वर्गले कुनै शोषित वर्गलाई सजिलै उत्पादनको साधनमा कब्जा जमाउन दिदैन । शसस्त्र, सुनियोजित राज्यलाई पराजीत नगरी प्राप्ती अकल्पनीय हुन्छ ।

यस्तो अवस्थामा कि त शसस्त्र क्रान्ति कि त शान्तिपूर्ण संसदीय आन्दोलनलाई रोज्नुपर्ने हुन्छ । अहिले नै शसस्त्र क्रान्ति गरी हतियार उठाउन सम्भव छैन । त्यसकारण संसदीय अभ्यासको विकल्प छैन ।

संसदीय अभ्यासमा भ्रस्ट्रचार मुक्त, घुस, कमिशन, नातावाद, कृपावाद, आर्थिक लेनदेन तथा राजनीतिक व्याभिचार मुक्त भएर जनताका आधारभूत समस्यालाई समाधान गर्न समाजवादी संक्रमणकालको शुत्रपात गर्ने कि नगर्ने भन्ने कुराले समाजवादी आन्दोलनको निक्र्योल गर्दछ ।

यसकारण कम्युनिष्ट आन्दोलनका कुरा फगत गफगाफ् जस्तो मात्र रह्यो । “नेपालमा कम्युनिष्ट आन्दोलनका नाममा यस्तो गफगाफ् चलेको ६ दशक हुँदैछ” (२०६०-७१: ३१३ के.सी)  यो अर्थमा नेपाल कम्युनिष्ट आन्दोलन मध्यम वर्गिय शिक्षित एवं बाैदिक आन्दोलनको प्रतिकृयामा मात्र हो । तर यस आन्दोलनभित्र पनि बलीदानी, मेहेनेत र इमान्दार, निस्वर्थीहरु पनि रहेका छन् त्यो सकारात्मक विषय हो ।

अविभाजितकालमा यसको पक्षपोषण पुष्पलालद्वारा नै भयो । विखण्डन र विभाजित कालमा पनि बाँचुन्जेल यसको नेतृत्व पुष्पलाल ले नै गरे । तर २०२५ मा पनि वाञ्छित प्रतिफल पाउन सकेन ।

मोहोन विक्रम सिंह र चौथो महाधीवेशनको कुडाकार्कटको विरुद्ध झापा सघर्ष देखा पर्यो । सि.पी किनारा लगाइएपछि झापा सघंर्षले उठाएका नाराहरु मशालभित्रको एउटा गुटले उठाउन थाले ।

यहि गुट २०५२ पछि माओवादीको नाममा शसस्त्र क्रान्तिमा लाग्यो । यसपछि १० वर्ष ९ महिना ५ दिनमा शान्तिप्रकृयामा आएपछि संसदकै बाटोमा आईपुग्यो । यतिखेर संसदीय घाट र गैरेसंसदीय धारविच एकिकरण भई (नेकपा) गठन भएको छ ।

तथापी समाजवादको बहस भने खल्तीभित्र राखिएको छ । आन्तारिक जनवाद सांघुरीदै गएको छ । पार्टीको संगठन र रचनात्मक कार्यहरु शुन्य भएको छ । सामूहिक स्वमित्व रहेको छैन ।

निष्कर्षमा ः
रुस वा चिनको जस्तो क्रान्तिको बाटोपनि गफगाफ्मै बित्यो । शसस्त्र क्रान्ति वा संसदको बाटो दुबैका बिचमा रहेका कम्युनिष्ट पार्टीहरुको काम नै देखिदैन । नेपाल कम्युनिष्ट आन्दोलनको स्थिती र भविष्य खासगरीकन चीन र भारतको स्थिीतीमा भरपर्दछ ।

भूराजनीतिक स्थिती बाध्यता रह्यो की चीन र भारतलाई उपेक्षा गरेर अगाडी बढ्न सकिन्न् । यसकारण नेपालमा कम्युनिष्ट क्रान्ति यो अवस्थामा सम्भव छैन । भविष्यमा सम्भव भएपनि हतियार युद्ध र रक्तपातलाई निम्त्याउँछ ।

डा. सुरेन्द्र के.सी.को वाक्यलाई सापटी लिने हो भने “भारतमा रातोझण्डा नफहराउँदासम्म नेपालको लागि त्यस्तो झण्डा कल्पना मात्र हुनेछ” (२०६०-७१: ३१५) । यो साँचो तर नमिठो लाग्ने कुटुतालाई आत्मसाथ गरी तदअनुसारको रणनीति तयार गर्नुपर्दछ ।

अन्यथा पार्टीको आधा शताब्दी होहल्ला र बलिदानमा जसरी बितेको छ त्यसरी नैअर्को आधा शताब्दी पनि बित्नेछ ।

नेपाललाई ३-१ ले पछि

देउराली । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा

ट्रकले मोटरसाइकललाई

काभ्रेपलाञ्चोक ।   ट्रकले मोटरसाइकललाई ठक्क

मध्यान्तरसम्म नेपाल

धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा ने

भारत र नेपाल १–१ को

धरान । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले अग्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved