झापा / लोकप्रिय गायक विपुल क्षेत्री झापाको बिर्तामोडमा गुञ्जिने भएका छन् ।

बिर्तामोडमा माघ १२ गते हुन लागेको सांगेतिक कन्सर्टमा बिपुलको साथमा द ट्राभलिङ ब्याण्ड गुञ्जीने भएको हो । पुर्वाञ्चल रकले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी नेपालका ६ सहरमा बिपुलसहितको कन्सर्ट हुने प्रबन्ध निर्देशक रवि श्रेष्ठले बताए ।

बिर्तामोडपछि हेटौडा, वुटवल, पोखरा, पाल्पालगायतमा कन्सर्ट हुँदै छ । पूर्वाञ्चल रकका उत्सव प्रसाईका अनुसार चार हजार दर्शकले बिपुलको कन्सर्टमा साथ दिँदैछन् ।