के सहमति भयाे सरकार र उखु व्यवसायीबीच

alt
  • पुष २६, २०७५
  • ११५ पटक पढिएको
  • ब्लाष्ट खबर

महोत्तरी, /  सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् ।  बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् । उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरीद गर्न आग्रह गर्ने सहमति भएको हो । 

सरकारले चालू आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरेको छ । आजको छलफलमा १४ वटा चिनी कारखानामध्ये १२ वटा चिनी कारखानाका सञ्चालक र किसानका प्रतिनिधिको सहभागिता रहेको थियो ।  उद्योगीले यसभन्दा अघि सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न नसक्ने अडान राखेपछि किसान अन्यौलमा परेका थिए । यता पुसको तेस्रो साता बिति सक्दासमेत चिनी कारखाना सञ्चालन नभएपछि उखु खेतमै सुक्न थालेकाले उखु किसान चिन्तित रहेका छन् । 


सीपले बनायो आत्मनिर्

दमक/ झापाको शिवसतासी नगरपालिका–८ की निशा अधिकारी

विप्लव नेकपा र नेपाल

सरकारले गैरसंवैधानिक र गैरकानूनी हर्कत गरेको भन्दै विप्

कचनकवलमा  २ हजार बिघ

भद्रपुर/ धान रोप्ने मेसिन किसानको पहुँचमा पुगेपछि यस वर

नेपाली  फिल्मका  रङ्

होलीले मेरो रङ्गायो नयाँ चोली फागुन महिनामा खेलौं होली


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved