धरान  / सुनसरीकाे कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा  मृत अवस्थामा हात्ती फेला परेको छ । बुधबार बिहान पश्चिम कुशाहा  तर्फ वयस्क  जङ्गली भाले हात्ती मृत अवस्थामा  फेला परेको अारक्षाणले जनाएकाे  । खर काट्न पुगेका स्थानीयहरूले मृत हात्ती देखेपछि उनीहरूले काेशी टप्पु वन्यजन्तु आरक्षलाइ खवर गरेका थिए । 

मृत  हात्तीलाई आरक्षको टोली, मध्यवर्ती समितिका पदाधिकारी, आरक्षको सुरक्षाका लागि खटिएका सेनालगायतको टोलीको रोहबरमा बुधबार मुचुल्का तयार गरी खाल्टो खनेर पुरिएकाे छ । मृत्यूकाे कारण पत्ता लगाउन विभिन्न अङ्गका टुक्रा काठमाडौंमा टेस्टका लागि पठाइसकाे आरक्ष प्रशासनले जनाएकाे छ ।