विराटनगर / १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले शिक्षामा एक रुपता कायम गर्ने खालको नीति प्रदेश सरकारले बनाउने तयारी गरेको बताएका छन् ।
राज्यले आयोग बनाएर विज्ञहरुसँग विभिन्न छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गरिरहेको भन्दै उनले यसमा संघीय सरकारले कस्तो निष्कर्ष निकाल्छ त्यसलाई भने पर्खिनु पर्ने बताए । समय शिक्षामा एकरुपता ल्याउन भइरहेका प्रयास र उठीरहेका आवाजका सन्दर्भमा मन्त्री कार्कीले निजी विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा जोड दिए ।
विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर बिहीबार आयोजना गरेको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै मन्त्री कार्कीले उनसरकारी विद्यालयलाई निजिसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताए ।
अहिले नै राज्यले सवै निजि क्षेत्रका विद्यालयहरुलाई सरकारी विद्यालयको रुपमा रुपान्तरण गर्ने स्थिती नरहेको तर्क गरेका मन्त्री कार्कीले भने,‘ यसो गर्न कानूनत र आर्थिक लगानीको हिसावले पनि हामी सम्भव देखिरहेका छैनौं ।’ राज्यले सम्पूर्ण लगानी भएका विद्यालयहरुको शिक्षामा स्तरीयता, गुणस्तरीय उत्पादन, प्रतिष्पर्धि बनाउन सकेमात्र क्रमशः शिक्षामा निजी क्षेत्रको लगानी घट्दै जाने बताए । यस्तै मन्त्री कार्कीले एभरेष्ट स्कुलले २५ वर्षमा शैक्षिक गुणस्तर कायम गर्न खेलेको भूमिकाको प्रशंशा गरे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगतीमा अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षक कर्मचारीको लगनशिलताले मात्र भएको बताए । सञ्चालकहरुले व्यवस्थापन कुशलतापूर्वक गरे पनि एभरेष्टलाई यो उचाईमा पु¥याउन अभिभावकहरुको महत्वपूर्ण लगानी र विश्वास रहेको बताए । उनले अभिभावकको विश्वासलाई आत्मसाथ गर्दै एभरेष्टले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताए ।