श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २७ गते शुक्रबार, ११ जनवरी २०१९ । पौष शुक्लपक्षको पंचमी तिथि १६ः१७ बजेसम्म उप्रान्त षष्ठी, नक्षत्र पूर्वभाद्रपदा २९ः३७ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा विघ्नवाधाहरु आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यपानमा रुची बढ्नेछ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का पट्टा तथा जग्गा जमिनको कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित भेटघाट होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । पारिवारि जीवनमा खुसीयाली छाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कारमा दिन वित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । साथीभाइको सहयोग प्राप्त भइरहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । मनमा दुविधा उत्पन्न हुन सक्छ । आरम्भ गरेका काममा विघ्न वाधा आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धातु तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । कार्य व्यवसायमा सोचे भन्दा राम्रो सफलता मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रम संलग्न हुने अवसर मिल्ला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । समाजका गन्यमान्य व्यत्तिसि भेटघाट हुनेछ ।