रङ्गेली/ कोशी टप्पु वन्यजन्तु आरक्षका जनवारबाट सुनसरीको कोशी गाउँपालिकाका जनता आतङ्कित बनेका छन् ।

आरक्षणका जनावर गाउँबस्तीमा प्रवेश गर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । आरक्षणका बदेल, अर्ना, हात्तीलगायतका जनवार गाउँघरमै प्रवेश गर्न थालेको स्थानीय बताउँछन् । कोशी गाउँपालिकाको ३, ४, ६, ७ र ८ वडाका जनताले सास्ति खेप्नु परिरहेको छ ।

जसमध्ये ३ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन् । वडाबासीको दैनिक कार्य भन्दा आरक्षणका जङ्गगली जनावरबाट घाइते भएकाको उद्धार र उपचारको काम गर्नु परेको वडा–३ का वडाध्यक्ष सुलेमान मन्सुरीले बताए ।

वडाको उत्तर पश्चिम क्षेत्रमा रहेको कोशि टप्पु बन्यजन्तु आरक्षणको सिमा क्षेत्रमा विपन्न आदिवासी समुदायको बसोबास रहेको छ ।

समित स्रोत साधन,दक्ष जनशक्तिको अभावमा गाउँपालीकाकाले समस्या समाधान गर्न नसक्ने गाउँपालीकाका अध्यक्ष एयुव अंसारीले बताए । विगत दुई वर्षको अवधिमा आरक्षणका जनवारको कारण ९ जनाको ज्यान गइसकेको छ ।

१० जना भन्दा बढी घाईते भइसकेका छन् । धनको पनि त्यतिकै मात्रमा क्षती भएको छ । वडा-३ मा मात्र ४० लाख भन्दा बढीको क्षती भएको वडाध्यक्ष सुलेमान अन्सारीले बताए । केहि दिन अघिमात्र अर्नाको अक्रमणबाट दुईबालक घाइते भएका छन् ।

अरक्षणका बदेलको विगविगि पनि उस्तै रहेको छ । केन्द्र र प्रदेश सरकारबाट समस्या समाधानकोलागी खासै चसो नभएको उनले दुखेसो पोखे । गाँउपालीकाले २०७५/९/१५ को बैठकबाट घाइतेहरुलाई ५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

गाउपालीकाले अहिले सोलार तरबार लगाएको छ । त्यसैगरी ‘ट्रेन्ज’ खन्ने काम पनि गरेको छ ।