धरान/ धरान–१३ स्थित जानकी सामुदायिक टोल सुधार समितिले वडाका महिलालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविरसाथै औषधि वितरण गरिने भएको हो । पुष २८ गते हुने शिविरमा धरान–१३ नम्बर वडाले संयोजन गरेको छ । समितिले देउसी खेलेर सङ्कलन गरेको ६० हजार रुपैयाले पाठेघरसम्बन्धी शिविर राखिने समितिका अध्यक्ष दिलिप श्रेष्ठल बताए ।