सुनसरी / शहरी विकास मन्त्रालयको सहयोगमा कालिका कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको इनरुवा बस पार्क तथा सडक ठेक्का सम्झौता भन्दा दुई सय दिन अगाडी नै सम्पन्न गरेको छ ।

Inaruwa_pic
ठेकेदार कम्पनिले बुधबार औपचारिक रुपमा नगरपालिकालाई निर्माण सम्पन्न भएको जानकारी गराउदै भवन तथा सडक हस्तान्तरण गरेका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मंन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्रि मोहम्मद इश्तियाक राईको रोहवरमा हस्तान्तरण गरेको हो । सरकारले तराईका ५० वटा शहरलाई आधुनिक बनाउने योजना अनुसार पूर्वमा इनरुवालाई छनौट गरि सघन शहरी बिकास कार्यक्रम अन्र्तगत निर्माण थालेको थियो । २०७४ जेठमा निर्माण शुरु गरिएको निर्माण सम्पन्न अवधी जेठ अन्तिममा थियो तर ठेकेदार कम्पनिले दुई सय दिन अगाडी नै समयानुकुल र प्रविधीमैत्री बसपार्क र सडक निर्माण गरेको छ ।
एक अर्व २ करोड २५ लाख ३४ हजार २ सय ४९ रुपैया लागतमा निर्माण भएको नवनिर्मित बसपार्क र सडक अपाङगमैत्री रहेको छ । एक विगाहा जमिनमा टर्मिनल भवन, यात्रु प्रतिक्षालयका साथै आवास र रेस्टुरेन्टसहितको बन्दोवस्ती मिलाइएको छ । बसपार्कमा सुरक्षाकालागि प्रयाप्त मात्रामा सीसी क्यामेरा र सोलार बत्ति समेत जडान गरिएको इनरुवा नगर प्रमुख राजन मेहताले जानकारी दिए । बस पार्कसँगै दुई तर्फि नाला फुटपाथ, ड्रेन, सोलार लाईट सहितको २० किमी सडकसमेत निर्माण गरिएको छ । आयोजना सम्पन्नको विस्तृत प्रतिवेदन सहित संघीय आयोजना कार्यान्वयन इकाई बिराटनगरले नगरप्रमुखलाई हस्तान्तरण गरेका हुन । प्रोजेक्ट म्यानेजर उज्जवल प्रसाईले सबैजनशक्ति परिचालन गरेर काम छिटो सकेको बताए ।
इनरुवा नगर प्रमुख राजन मेहेताले पुरानो नगरपालिका भए पनि इनरुवामा व्यवस्थित बसपार्क नभएर समस्या हुदैं आएको थियो अव बसपार्क सञ्चालक समिति गठन गरेर नगरपालिकालाई आय आर्जन हुनेगरी बसपार्क सञ्चालनमा ल्याउने बताए ।
तराईका १८ शहरको पूर्वाधार विकास
प्रधानमन्त्रि केपी ओली अघिल्लो पटक प्रधानमन्त्रि हुदै भारतसँग सीमा जोडिएका जिल्लाका सदरमुकाम भएका १८ नगरपालिकालाई आर्थिक एवं व्यावसायिक केन्द्रका रूपमा विकास गर्न बजेट विनियोजन गरेका थिए । सघन सहरी विकास कार्यक्रम सञ्चालन गरी पूर्वाधारमा विशेष विकास गर्न इनरुवामा पनि कार्यक्रम परेको थियो । तराई मधेसका जिल्ला सदरमुकाम भद्रपुर, विराटनगर, इनरुवा, राजविराज, सिराहा, जनकपुरधाम, मलंगवा, जलेश्वर, गौर, कलैया, वीरगन्ज, परासी, सिद्धार्थनगर, तौलिहवा, नेपालगन्ज, गुलरिया, धनगढी र महेन्द्रनगरलाई आर्थिक र व्यावसायिक केन्द्रका रूपमा विकास गर्न सरकारले ४ बर्षे योजना अन्तरगत ३६ अर्व बजेट छुट्याएको थियो ।
शहरी विकास मन्त्रालयका तत्कालिन प्रवक्ता शिवहरि शर्माका अनुसार ती नगरपालिकालाई आधुनिक सहर बनाउन सडक, ढल, खानेपानी, नवीकरणीय ऊर्जा, बसपार्क, मनोरञ्जन पार्क, शिक्षा र स्वास्थ्य क्षेत्रका आयोजनाहरू कार्यान्वयन गरिएको थियो ।

ठेकेदार कम्पनिलाई सम्मान

49900351_384219968803243_3567471755284971520_n
ठेक्का अवधी भन्दा बढि समय लगाएर राज्यलाई व्यय भार पु¥याइरहेका बेला कालिका कस्ट्रक्सन प्रालिले भने इनरुवाको परियोजनामा २ सय दिन अगाडी नै निर्माण सम्पन्न गरि सम्मानित भएको छ ।
सम्झौता अवधि भन्दा छिटो र गणुस्तरीय काम गरेकोमा कालिका कन्स्ट्रक्सनका सीईओ बत्सल पाण्डे र प्रोजेक्ट म्यानेजर उज्जल प्रसाईलाई बुधबार शहरी विकास मन्त्रिले सम्मान पनि गरेका छन् । शहरी बिकास मंत्री राईले इनरुवा नगरपालिकामा सम्पन्न पूर्वाधार निर्माण कार्य मुलुककै नमूना र छिटो सम्पन्न भएको योजनामा परेको बताए । उनले अन्य निर्माणका ठेक्का पनि यसरी नै गरेर नमुना ठेकेदा रकम्पनि बन्ने मन्त्रिले सुझाएका थिए ।