यासोक(पाँचथर)/ पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनामा सुख्खाक्षेत्र बिभागले चासो दिएको छ । संघीय संरचनाले योजना लम्बिदै गएको भन्दै विभागले प्रदेश एकको इलाम जिल्लामा कार्यालय स्थापना गरी योजनाको काम अघि बढाएको हो ।

संघीय संरचना अनुसार केन्द्र सरकारले योजनाको काम हेर्ने भएपछि पहिलो पटक संघीय खानेपानी ढल ब्यवस्थापन डिविजन इलामका प्रमुख बिपुलकुमार दासको टोलिले योजनाको अध्यायन गरेको छ ।

सुख्खाक्षेत्रको समस्या समाधान गर्ने गरी खानेपानी विभागले सुख्खाक्षेत्र बिभागको स्थापना गरेको हो । आयोजनाको काम केन्द्रबाट हेर्ने गरी विभागले प्रदेश एकको इलाम, बिराटनगर र खोटाङमा कार्यालय स्थापना गरेको छ । बुधबार तमोर लिफ्टको अध्यायनमा पुगेका डिविजन प्रमुख दासले योजनाको काम तिब्र गतिमा अघि बढाउन निर्देशन दिए । ‘खानेपानी मन्त्रालयबाटै योजनाको काम बैशाख भित्रै सम्पन्न गर्ने गरी निर्देशन भएको छ ।

जति चाडो योजनाको काम सम्पन्न गर्ने गरी काम हुनुपर्छ उनले भने । तमोर लिफ्ट खानेपानी आयोजना ठुलो आयोजना भएकाले मन्त्रालय र बिभागले ताकेता गर्दै आएको छ । निर्माण कम्पनीको सम्झौता अवधि छोटो छ, कार्यालयले योजनाको कामलाई पूर्ण सहयोग गर्ने बताए ।

गाउँपालिकामा संचालन भएको बृहत तमोर लिफ्ट खानेपानी योजनाले ३ हजार ४३ घरधुरीलाइ पानी वितरण गर्ने छ । निर्माण कम्पनीले मुख्य पाइपलाइनको ९० प्रतिशत र वितरण पाइपलाइनको ७५ प्रतिशत काम पुरा गरेको बताएको छ ।

आगामी बैशाखमा पानी परिक्षण गर्ने गरी काम भईरहेको प्रेरास्वामी नारायण जेभीका निर्माण व्यवसायी सन्तोष बस्नेतले जनाए । ‘पुरानो प्राविधिक स्टमेटमा केही कम्जोरी भएकाले विभागले केही प्राविधिक कठिनाइलाइ संसाेधन गर्नुपर्छ, संघिय संरचनाले रोकेको पम्प र ट्रान्सर्फमरको खरिदमा स्वीकृति दिए बैशाख अगावै पानी परिक्षण गर्न हामी तयार छौँ । बस्नेतले भने ।

विभागले यसअघि पनि प्राविधिकसहितको टोलि सुख्खाक्षेत्रमा पठाएको थियो । उक्त टोलिले योजनाको बृस्तित अध्यायनको आधारमा प्रतिवेदन तयार गरी पम्पं र ट्रान्सर्फमर स्वीकृति दिने छ ।

कुल ५२ करोड लागतमा निर्माण हुदै आएको योजनाको संघीय खानेपानी डिविजनले अध्यायन गरेसँगै योजना तिब्र गतिमा अघि बढ्ने पुर्वमन्त्री तथा उपभोत्ता समिति अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले बताए ।

‘हामीले योजनामा सुधार गर्ने पक्षको विषयमा जानकारी गराएका छौँ । विभागको सकारात्म धाराणा पाएका छौ । संघीय संरचना तयभएसँगै अब नागरिकले चाडै पानी खान पाउँछन् । सम्बाहाम्फेले भने । योजनाको अध्यायन टोलिमा कुम्मायक गाउँपालिका जनप्रतिनिधि, प्राविधिक र स्थानीयको सहभागीता रहेको थियो ।