विराटनगर । विराटनगर–१५ रामजानकी टोल स्थित मोबाइलको ब्याट्रि पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ ।
विष्फोटमा परी मृत्यु हुनेमा स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको छ भने सोही ठाउँका राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको इलका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।

घाइते भएकी बालिकालाई उपचारका लागि कोसी अञ्चल अस्पतालबाट विराटनगर आँखा अस्पताल लगिएको प्रहरीले जनाएको छ । कोशीमा उपचार सम्भव नभएपछि र उनको दुबै आँखामा विष्फोटबाट चोट लागेको कारणले थप उपचारका लागि त्यहाँ लगिएको हो । घाइते बालिका र मृतक बालक विराटनगरस्थित राइजिङ्ग बोर्डिङ्ग स्कूलस्थित यूकेजीमा अध्ययरत थिए ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले घर निजक बन्दै गरेको पक्की घर भित्र आगो तापेर बालबालिका खेल्दै गरेको अवस्थामा विष्फोट भएको जानकारी दिए । विग्रिएको पुरानो मोवाइलको ब्याट्री बलिरहेको आगोमा परेपछि पड्किएर घटना भएको हुन सक्ने आशंका गरिएको रानाले बताए । अन्य कुनै चिज वस्तु विष्फोट भएको हुन सक्ने आशंका गरिएको हुनाले घटनाको थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

‘विष्फोट भएको स्थानमा ब्याट्रीको केही टुक्राहरू भेटिएको छ,’ प्रहरी निरीक्षक रानाले भने, ‘सो टुक्रा प्रहरीको विधी विज्ञान प्रयोगशालामा प्ररिक्षणको लागि पठाएका छौं ।’

mobbile2

mobbile3