पथरी । उदयपुरको निरबहादुर मगर मोरङको पथरीशनिश्चरे–१, स्थीत शान्ति सामुदायीक वन क्षेत्र भित्र मृत अवस्थामा भेटिएका छन् ।

बिहिबार दिउँसो ३ बजे ६७ बर्षिय मगर मृत भेटिएको हो । स्थानीयहरुले देखे पछि प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरीले उनको साथबाट हाते व्याग, व्याग भित्र पहिचान खुल्ने नागरीकता भेटेका थिए ।

नागरीकताको आधारमा आफन्तलाइ सम्पर्क गरिसकेको इलाका प्रहरी कायालय पथरीका इस्पेक्टर कमल बजंगाईले बताए । भेटिएको नागरीतामा पुरानो घर उर्लाबारी –५, भएको र अहिलेको घर उदयरपुर भएको छ ।

पथरीमा २,३ महिना अघि देखि मागि खाने र कतै सत्ने गरेको थियो । मगरको परिवारको अनुसार मगरको केही दिर्घरोगको औषधि खाईरहेको र घरबाट आफै निस्कीएर हिडेकोले घरमा पनि खोजि भैरहेको थियो, इस्पेटर बजंगाईले बताए । मृतक मगरलाई पोष्टमार्टमको लागी उर्लाबारीको मंगलबारे स्थीत मंगलबारे हस्पिटल बिहिबार नै लगेको प्रहरीले बताए ।