लिम्बूको किपट खोजिदै, भूमि अधिकारबारे अन्तराष्ट्रिय अदालतमा मुद्धा लगाइने

alt
  • पुष २७, २०७५
  • १,१६८ पटक पढिएको
  • दिनेश सुब्बा

पथरी / किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष कमल तिगेला, समाजशास्त्री डा.कृष्णबहादुर भट्टचन लगायतको टोली लिम्बू समुदायको भूमि अधिकार ‘किपट’ बारे खोजी गर्दै आएका छन् ।

लिम्बूहरुको किपट खोजीको क्रममा विहिबार मोरङको मिक्लाजुङ गाउँपालिका—३ टाँडी पुगेर ‘मिभक वंश’ लिम्बूहरुको किपट बारे अध्ययन गरेका छन् । टोलीमा आदिवासी अधिकारकर्मी तथा अधिवक्ता शंकर लिम्बूसमेतले खोजअनुसन्धान गरेका छन् । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँ समितिको आयोजनामा लिम्बूहरुको किपट बारे एक दिने अन्तरक्र्रिया भएको थियो ।

अन्तरक्रियामा बोल्दै डा.कृष्णबहादुर भट्टचनले नेपालको संविधान संशोधन गरेर आदिवासी समुदायको अधिकार स्थापित गर्नुपर्ने बताए । जनयुद्ध भर माओवादीले उत्पीडित समुदायको अधिकारको कुरा उठाएकोले समर्थन गरेको तर युद्ध पश्चात प्रचण्ड, बबुराम भट्टराई लगायतका नेताहरुमा पहाडवाद, पुरुषवाद, वाहुनवाद फर्केकोले समर्थन छाडेको बताए । उत्पीडित आदिवासी समुदायको अधिकार सुनको थालिमा राखेर कसैले नदिने उल्लेख गर्दै संघर्ष गर्नु पर्ने डा.भट्टचनले बताए ।

चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले मुन्दुमलाई अन्तराष्ट्रिय सम्पदाको सुचिमा सूचिकृत गर्न पहल भइरहेको बताए । भूमि अधिकारको लागि निरन्तर लडिरहने बताउँर्दै सरकारले लिम्बू समुदायको कुरा नसुने राज्यको नीति नमान्न पनि सक्ने चेतावनी उपाध्यक्ष तिगेलाले दिएका थिए ।

lalmohar-2

अधिवक्ता शंकर लिम्बूले पुरानो लालमोहरको आधारमा अन्तराष्ट्रिय अदालतमा समेत मुद्धा लगाएर भूमि अधिकार फिर्ता गर्न सकिने बताए । राज्यले बनाउने नीति, नियम भन्दा आदिवासी जनजातिहरुले मान्दै आएको थिती मान्यहुनु पर्ने अधिवक्ता लिम्बूले बताए ।

कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, मिक्लाजुङ गाउँपालिका वडा नं. ४ का अध्यक्ष बुद्धिमान लिम्बू, किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष विवेक लिम्बू लगायतले आफ्नो धारणा राखेका थिए । आयोजक चुम्लुङको अध्यक्ष सञ्जय लिम्बूको सभापतित्वमा भएको कार्यक्रम सचिव प्रवेश मिभकले सञ्चालन गरेका थिए ।

कार्यक्रममा किपट प्रथाको जिम्मावालको अनुभाव लिएका हुलाकप्रसाद मिभकले अनुभूति सुनाएका थिए । मिभकले पाएको सक्कली लालमोहर वाचन गरेर सुनाउनुको साथै जिम्मेवालले गर्नुपर्ने भूमिकाबारे अनुभाव सुनाएका थिए । बाबुको शेखापछि दाजुले जिम्मावालको जिम्मेवारी लिएको र दाजुको २०२२ मा देहान्त भएपछि आफूले सो पद लिएको हुलक मिभकले बताए । २०२९ सम्म आफूले जिम्मावालको भूमिका निर्वाह गरेको उनले बताए ।

त्यसबेला करिव डेढ सय घरबाट प्रति घरधुरी छ पैसा र जग्गाको मुरी माटोको आधारमा ५ रुपैयासम्म कर संकलन गरेर धनकुटा पुगेर माल अड्डामा बुझाउने गरेको उनले बताए । घरधुरी छ पैसा उठाएर पाँच पैसा राज्यलाई बुझाउने गरेको त्यसैगरी जग्गाहरुका बार्षिक रुपमा तीन सयजति आफूहरुले खर्च लिने अधिकार रहेको हुलाक मिभकले बताए । कार्यक्रममा लिम्बूको मिभकले पाएको लालमोहरको साथै जिम्मावालले रकम संकलन गरेर राज्यलाई बुझाएको रसिदसमेत देखाइएको थियो ।

डा. भट्टचन, कमल तिगेला र शंकर लिम्बूले लिम्बू समुदायले पाएको भूमि अधिकार किपट बारे अध्ययन गर्दै आएका छन् । मिभकको साथै थेबे, लिङ्लेखुले पाएको लालमोरहको अध्ययन भएको लिम्बूले बताए । समुदायले पाएको किपटहरुको खोजी, अध्ययनपछि दस्तावेज बनाएर भूमि अधिकारको लागि अन्तराष्ट्रिय अदालतसम्म गएर मुद्धा लगाउनै योजना रहेको अभिवक्ता लिम्बूले बताए ।

आजको राशिफल माघ ३ गत

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९

डा.केशीलाई भेन्टिलेट

धरान / एक सातादेखि आमरण अनसन बसिरहेका डा.गोविन्द क

कालिका कन्ट्रक्सनका

काठमाडौं / पूर्व वनमन्त्री तथा कालिका कन्ट्रक्सनका

छैठौं युजिए भलिबल कप

धरान / छैठौं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालय स्त


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved