धरान । सरकारले करिब डेढ वर्षदेखि रोक लगाएको जग्गा खण्डीकरण फुकुवा गरेको छ ।

सरकारले २०७४ साउन २६ गतेदेखि जग्गा खण्डीकरण रोक्न निर्णय गरेको थियो । उक्त निर्णय फुकुवा गरिएको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जमिन नभएको भनेर सिफारिस गरेको आधारमा कित्ताकाट फुकुवा गरिएको अर्यालले बताइन् ।

जग्गा कित्ताकाट रोके पनि विभिन्न बाटोबाट भूमाफियाहरूले खण्डीकरण गर्दै आएका थिए । रोक्का गर्दा व्यवहारिक कठिनाइ भएकाले पनि खुला गर्नुपरेको उनको भनाइ छ ।