धनकुटा/  धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.६ धारापानी खोला वताहमा गोरु काट्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा साँगुरीगढी गाउँपालिका वडा नं.६ घण्टे घर भएका वर्ष २६ का सुरज भनिने मदन भण्डारी, वर्ष २२ का धने भनिने सिजापती भण्डारी र वर्ष २६ का कल्याण भण्डारी रहेका छन् । उनीहरुले ल्याउँदै गरेको करिव ४५ केजी गोरुको मासु प्रहरीले वरामद गरेको थियो । गोरु काटेको स्थानमा प्रहरीले खोजतलास गर्दा गोरुको छाला भेटिएको छ । गोरुको टाउको खुट्टा भने लुकाइएको प्रहरीले बताए । प्रहरीले उनीहरुलाई विशेष सुराकीको आधारमा साँगुरीगढी गाउँपालिकाको धारापानी खोला वताहमा मंगलवार साँझ ८ हजारमा वहर गोरु मोलेर काटीरहेको छ भन्ने खवर पाए पछि खोजतलास गर्दा ३ जना भण्डारी दाजुभाई पक्राउ परेका हुन । उनीहरुलाई भेडेटार प्रहरी र जिल्ला प्रहरी कार्यालय धनकुटावाट खटिएको प्रहरी टोलीले गोरुको मासु लिएर आउँदै गर्दा पक्राउ गरेको हो । पैंतालिस केजी गोरुको मासुसहित उनीहरुलाई धारापानी खोलाको मुखमा एमाला आर्जन भण्डारीको घर अगाडी पक्राउ गरिएको धनकुटा प्र्रहरी प्रमुख एसपी सुरेन्द्र वहादुर गुरुङ्गले जानकारी दिए । गुरुङ्गका अनुसार उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को पशुपक्षि सम्वन्धि कसूर अन्तर्गत कानुनी कार्वाही हुने वताए । पक्राउ परेका तीनै जनालाई वुधवार जिल्ला अदालत धनकुटामा पशुपक्षि सम्वन्धि कसुरको आधारमा मुद्धा दायर गरिएको पनि गुरुङ्गले वताए । एक महिना अघि धरानमा प्रहरीले १० जनालाई गोरु काटेको आरोपमा पक्राय गरि मुद्धा चलाएको थियो । जनजातीका संस्थाहरुको विरोधमा उनीहरुलाई ५० हजार धरौटीमा छाडिएको थियो ।

याे पनि:

गोरु काट्दै गर्दा धरानबाट १० जना पक्राउ

धरानमा गोरु काट्नेलाई सम्मान

गोरु काटेको अभियोगमा पक्राउ गरेकालाई छाडन उपप्रधानमन्त्रिलाई ध्यानाकर्षण