धरान / धरानमा मेला लगाउने बिषयमा झडपपछि जाहेरी परेर पक्राउ गरिएका श्री सुब्बालाई रिहाईको माग गरिएको छ। 
पाँच राजनीतिक दलले आज संयुक्त प्रेस बिज्ञपति जारी गर्दै रिहाईको माग गरेका हुन । बिज्ञप्तिमा संघीय लिम्बुवान मन्च धरान नगर अध्यक्ष सन्जुहाङ लिम्बू,संघीय समाजवादी फोरमका नगर सचिब हेमराज जिमि याक्खा,रास्ट्रीय जनमुक्ति पार्टीको केन्द्रीय सदस्य बिष्णु थाङ्देन,मंगोल नेशनल अर्गनाइजेसनका धरान नगर अध्यक्ष लोकबहादुर राई र किरात खम्बुवान साझा पार्टीका केन्द्रिय सदस्य राहुल राईले हस्ताक्षर गरेका छ्न।

बिज्ञप्तिमा राजनीतिक आन्दोलनका क्रममा भएको सामान्य तोडफोडको कारण पक्राउ परेका हुनाले श्री सुब्बालाई प्रक्रिया अगाडि बढाई सकेसम्म चाडो रिहाईको वातावरण तयार गर्न ईलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई आग्रह गरिएको छ।बिज्ञप्तिमा आन्दोलनकारीहरु माथी छुरा प्रहार गर्ने ब्यक्तिहरु मध्येका मुख्य ब्यक्तिहरु हालसम्म पनि पक्राउ नगरिएको प्रती घोर भत्सर्ना गरिएको छ।

श्री सुब्बालाई यहि २०७५ साल असोज २५ गते धरान नगर परिषदले दशै तिहारमा मेला लगाउने निर्णय गरेपछि त्यस विरुद्ध २०७५ कार्तिक ६ गते मेला स्थलमा हुलदंगा गरिएको भन्दै किटानी जाहेरी दिएपछि २०७५ साल पौष १२ गते पक्राउ गरिएको हो।