धरान / धरान १७ स्थित एक ४० बर्षीय व्यक्तिले श्रीमति अर्कैसँग गए पछि नौ बर्षिय आफ्नै छोरीसँग यौन सम्पर्क गर्दै आएको खुलुको छ ।

श्रीमति पोइला गएका ४० बर्षीय ती व्यक्तिले आफ्नी छोरीमाथि विभिन्न समयमा जर्बजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । चालिस बर्षीय ती व्यक्ति र ९ बर्षीय छोरी मात्र घरमा बस्दै आएका थिए । उनले पुष २३ गते राती करिब २ बजे जर्बजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको छ । त्यसभन्दा अघि पनि पटक पटक जर्बजस्ती करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।

बुबासँग घरमा आउने अर्का ४९ बर्षीय तेज बहादुर कार्कीले समेत पैसा दिन्छु भन्दै ती बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा दुर्व जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आजै जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमती लिई जवरजस्ती करणी मुद्दामा अनुसन्धान शुरु गरेको पनि इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।