धरान/ धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलमा तीनदिने खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।  विद्यार्थीको शारीरिक विकासका लागि खेलकुद आवश्यक भएको र यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल युवा राईले जानकारी दिए ।

२३,२४ र २५ गते सम्पन्न खेलकुद कार्यक्रम राखिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा-१० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । कक फाइटमा पर्वत मगर, म्युजिकल प्लेटमा निङवा माबुहाङ, कवड्डीमा अनुराग लिम्बू प्रथम बनेका थिए ।

यस्तै स्किप रेसमा सन्ध्या राई, फ्रग रेसमा गगन राई, फिलिङ बोटलमा चोक्मा लिम्बू, स्पोन रेसमा ग्रेसा राई, चेञ्ज योग स्वेटरमा साप्चाहाङ लिम्बू प्रथम बनेका थिए ।

यस्तै, विभिन्न दौड प्रतियोगितामा पुकार भुजेल, उत्कर्ष श्रेष्ठ, योङहाङ लिम्बू, हाङ्मा लिम्बू, इशान तामाङ, नुमा लिम्बू, सुप्रिया राई, नुसाङ तामाङ, साइमन प्रधान, लोरिन राई, दर्शन राई, रिक्जिना गुरुङ, विपीन राई, सृष्टि गुरुङ, निहारिका निरौला, आयोन राई, समीक्षा राई, श्वेता देवान र सिम्रन भुजेल प्रथम बने ।

खेलकुद प्रतियोगितामा विभिन्न हाउसमा विभाजित एसियाना राई, जोन राई, क्रिसा राई, आयुष गुरुङ, उज्ज्वल राई, सुदीक्षा राई, मिक्की लिम्बू, विपासा राई आदिले विजय प्राप्त गरे । भलिबल प्रतियोगितामा रेड हाउसले जित्यो भने बास्केटबलमा एल्लो हाउसले जितेको छ ।

प्रतियोगितामा देवेन्द्र श्रेष्ठ, निरञ्जन यादव, भव्य थापा मगर, सुदीप क्षत्री, सगुन लिम्बू, कविता राई, सविता लिम्बू, सुष्मा तामाङ, चन्द्रकला राई, रेनुका कार्की आदि शिक्षकले सघाएका थिए ।

विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको भाइस प्रिन्सिपल रिता राईले जानकारी दिइन् ।