धरान / सडन डेथको आधारमा धरान ११ गोधुली फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । धरान १७ एन्फा एकेडेमीको खेल मैदानमा भएको प्रतियोगितामा धरान ११ ले १९ लाई सडनडेथको आधारमा ० का विरुद्ध १ गोल गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो ।
खेल अबधिभर दुवै टिमबाट १÷१ गोल बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको १७ औ मिनेटमा रिवस मास्केले गोल गरेका थिए । यता खेलको ६४ मिनेटमा विपक्षि निश्चल लिम्बुले गोल गर्दै बराबरीमा पु¥याएका थिए ।

ट्राइबेकरमासमेत दुवै टिमबाट ४–४ गोल भएपछि खेल सडनडेथको आधारमा टुंगिएको थियो । सडेन डेथमा धरान ११ का तर्फबाट अजित राईले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच धरान ११ का अनिष राई घोषित भए ।