बेलबारी/ प्रथम नेपाली तारा दिपक लिम्बूले मोरङको केराबारीमा लागिरहेको मच्छिन्द्र मेलामा शुक्रवार साँझ आफ्ना चर्चित गीत प्रस्तुत् गरेका छन् ।

एक समयमा निकै चलेका दिपकले आफ्ना क्रेजलाई कायम राख्न सुगमसंगीतका केहि चर्चित गीतहरु पस्केका थिए । मुटु माग्यौ तिमीले मैले बाच्नुपर्छ.......बोलको गीतबाट उनले प्रस्तुति प्रारम्भ गरेका थिए ।

त्यसपछिजुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म ...कस्ले चोर्यो मन.....सिम्पल सिम्पल कान्छीको डिम्पल डिम्पल गाला...जस्ता चर्चित गीतहरु गाएका थिए । पुसको चिसो मौसमलाई दर्शकहरुले नाचेर गायक लिम्बूलाई साथ दिएका थिए ।

दिपक लिम्बूका पछिल्लो गीतहरुले नेपाली सांगीतिक बजार तताउन नसक्दा उनलाई स्टेजहरुमा नेपाली ताराको शाख जोगाउन लिम्बूलाई गाह्रो परेको संगीतप्रेमी दर्शकहरुको प्रतिक्रिया रहेको थियो ।