रत्ननगर / नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।  
छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पु¥याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् । 
उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।