विराटनगर । आकर्षक तरिकाले सजाएको स्टेज । त्यसमाथि एक पछि अर्को गर्दै सुन्दरीको लस्कर । शुक्रबार साझँ सुनसरीको इटरीस्थित ओसियन फन पार्क एण्ड रिर्सोटमा ‘जे.एम.एम.रनवय फेशन मेनिया २०१९’ नाम दिएको फेशन शोमा अभिनेत्री प्रिंयका कार्कीदेखी स्थानिय मोडलहरू र्याम्पमा उत्रिदा छुट्टै मनोञ्जन दिलाए ।

अहिलेको चर्चित अभिनेत्री प्रिंयका आकर्षक क्राउनमा जब र्याम्पमा उत्रिन सबैले ताली बजाएर स्वागत गरे । पुस अन्तिस साता बढेको जाडोको कुनै प्रभाव नगरी पार्कमा उपस्थित भएका दर्शकहरूलाई अभिनेत्री कार्कीसहित दुई दर्जन मोडलले छुट्टै मनोञ्जन प्रदान गरे । फेशन डिजाइनर सन्ध्या थापाले डिजाइन गरेकी पहिरनमा अभिनेत्री प्रिंयका र्याम्पमा उत्रिएकी थिइन् । त्यसको साथै बिजेन करनजीत, द इमप्रेसन, सगरमाथा गार्मेन्टले तयार पारेको डिजाइनको पहिरन लगाएर मोडलहरु र्याम्पमा हिडेर प्रयाप्त मनोरञ्जन प्रदान गरे ।

जय मिडिया म्यानिजमेन्ट प्रा.लिको आयोजनामा भएको उक्त फेशन शोमा राति ७ देखि १० बजेसम्म चलेको थियो । मोडलहरुले क्याजुअल, पार्टी वेयर, मिनिस्कर्ट, तथा टिसर्टमा प्रस्तुत भएको उक्त फेसन शोको कोरियोग्राफर जयराज रोय र निशा खतिवडाले गरेका थिए । फेशन शोमा मिस कोशी तथा मिस्टर कोशीका विजेताहरूले समेत र्याप्प उत्रिए ।

फेशन शोको बिचमा गायिका स्मृद्धि राईले आफ्नो चिर्चित आधा दर्जन गीतहरु प्रस्तुत गरी थप मनोरञ्जन दिलाइन् । त्यसको साथै स्थानिय कलाकारहरूले समेत आफ्नो कला प्रस्तुत गरेका थिए ।
Model- prayank-6 modle-1

prayanka-1

prayanka-2

Prayanka- prayanka-5