जनकपुर  / प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिवमाथि आज कुटपिट गरेका छन् । मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर हातपात गरेका हुन ।
आफ्नो एनजिओलाई बजेटमा छनौट नगरेको भन्दैं उनले कुटपिट गरेर उल्टै उनलाई पक्राउ गर्न निर्देशन दिउको बताइएको छ । सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरु धर्नामा बसेका थिए ।
सशर्त अनुदानअन्तर्गतको गरिबी निवारण उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओ छनौट नगरेको भन्दै मन्त्री यादवले आफुलाई कुटपिट गरेको सविच झाले बताए । उनका अनुसार क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका मध्ये ४० वटा संस्था मात्र छनौटमा परेका िथए । मन्त्री यादवले आफूले कुटपिट नगरेको बताएका छन् । सचिव झाले आफ्नो पदीय मर्यादासमेत भुलेर चर्किदै कोठाबाट निस्किएको जनाए । झा ४ महिना अघि प्रदेश २ सरुवा भएर आएका थिए । उनी यस अघि वन अनुसन्धान महाशाखाका उपनिर्देशक रहेका थिए ।