मधुमल्ला/ पहिचानका मुद्दाहरू स्थापित भइरहेको सन्दर्भमा जातिगत ब्युटि प्याजेन्टहरूले पनि तिव्रता पाउन थालेका छन् ।  मिस लिम्बू, मिस राई, मिस मङ्गोल, मिस किरात, मिस नेवा, मिस थारुलगायतका पहिचानगत ब्युटि पेजेन्टमा मिस धिमाल पनि थपिएको छ ।

मिस धिमालको दोस्रो अडिसन उर्लाबारीमा शुरु भइसकेको छ । पहिलो चरणमा ३५ जनाले अडिसन दिएको कार्यक्रमका संयोजक सुनिल धिमालले बताए ।

अडिसनमा मोरङ, झापा, सुनसरी र काठमाडौंबाट सहभागी भएका थिए ।  अडिसनमा सहभागीमध्येबाट २५ जनालाई छनौट गर्दै फाइनल राउण्डमा उतारिने छ ।

उनीहरूलाई माघ ६ गतेबाट तालिम प्रदान गरिने भएको छ । धिमाल विद्यार्थी मञ्चको आयोजनामा धिमाल युवतीको व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।