इटहरी दाश्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ गतेदेखी हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लबले सोमबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रदेश एककै सर्वाधिक राशीको फुटबल प्रतियोगिता अघिल्लो बर्षदेखि इटहरीमा हुदै आएको छ ।
प्रतियोगितामा नेपालका ए डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, थ्रिस्टार, झापा ११, आयोजक राष्टिय जागृती क्लब, बिभागीय टिमहरु आर्मी, पुलिस र एपीएफसंगै क्यामरुन, भारत र भुटानका टिमहरुको सहभागिता रहने क्लबका अध्यक्ष संजिव ढुंगानाले जानकारी दिए ।
इटहरी रंगशालामा माघ १२ गते शनिबार देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्धघाटन राष्टपति बिद्यादेबी भण्डारीले गर्ने निश्चित भएको ढुंगानाले जानकारी दिए ।
टिमको अन्तिम टुंगो भने लागिन सकेको उनको भनाई थियो । खप्तडगोल्डकपको फाइनल पछी मात्र सहभागि टिमको अन्तिम नाम फाइनल हुनेछ । गत बर्ष पनि राष्टपति बिद्यादेबी भण्डारीबाटै गोल्डकपको उद्धघाटन भएको थियो ।
पहिलो संस्करणको गोल्डकप बिजेताले नगद १२ लाख पुरस्कार पाएकोमा यसबर्ष पुरस्कार राशी बृद्धी गरी १६ लाख पु¥याइएको छ । उपबिजेता टिमले नगद ८ लाख पाउनेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजारसहित ४२ इञ्चको एलइडी टिभी पाउदा सर्वाधिक गोलकर्ताले नगद ३० हजार पाउने आयोजकले समितिकाक सदस्य तथा जिल्ला खेलकुद विकास समितिकाक अध्यक्ष अनुरोध थापाले बताए । गत बर्षको गोल्डकप थी्रस्टारले जितेको थियो ।
पत्रकार सम्मेलनमा एन्फा सुनसरी अध्यक्ष केशब कार्की र खेलकुदकर्मी रविन गौतम, सिपि पौडेललगाययको उपस्थित रहेको थियो । अघिल्लो बर्ष गोल्डकपबाट ४ लाख ८४ हजार ५ सय नाफा भएको आयोजक समितिले जनाएको छ । ५४ लाख ८९ हजार ७ सय आम्दानी मध्ये ५० लाख ५ हजार खर्च भएको थियो ।