राजविराज । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक प्रहरी परिचरको उपचारको क्रममा सोमवार मृत्यु भएको छ ।

विरामी परेको काकालाई भेटन विदा लिएर घरतर्फ जादै गर्दा आइतवार घाइते भएका सशस्त्र प्रहरीबल ६ नम्बर गणमा प्रहरी परिचर पदमा कार्यरत २६ वर्षीय सरोजकुमार यादवको मृत्यु भएको हो । ‘काका विरामी परेको भन्दै यादव विदा लिएर हिडेका थिए सशस्त्र प्रहरी बल प्रहरी उपरीक्षक खेम बहादुर थापाले भने ‘दुभाग्यबस दुर्घटनामा परेर उनको ज्यान गयो।’

सप्तरीको पातो विओपीमा कार्यरत राजविराज–१६ वोरिया निवासी यादव चढेको मोटरसाईलक राजविराज–कुनौली सडकखण्डको पश्चिमी कोशी नहर परियोजना कार्यालय नजिकै दुघर्टनामा परेको थियो । दुर्घटनामा गम्भीर घाईते भएका यादवको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछि घरान स्थि विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा सोमबार विहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।