पथरी / पथरीशनिश्चरे –१०,का वडाध्यक्ष सागर राईको नगरपालिकाले दिएको सरकारी स्कुटरको ठककरबाट स्थानीय बर्ष ६५ को धनबहादुर कार्की सक्क्त घाइते भएका छन् ।

सोमबार दिउँसो सोही वडाबासी बर्ष १६ को गोविन्द बस्नेतले सवार गरेको को १ ब १६५८ नम्बरको स्कुटरले ठक्कर दिदा सक्त घाइते भएकोे हो । वडाध्यक्ष राईलाई छिमेकी बस्नेतले स्कुटी मागेर कुदाउँर्दै गर्दा रिगुवा चोकमा स्कुटरले ठक्कर दिएको इलाका प्रहरी कार्यालयको इस्पेक्टर कमल बंगाईले बताए । ठक्करबाट सक्क्त घाइते भएको कार्कीलाई पथरी अस्पतालमा प्राथमीक उपचार गरी नोबेल हस्पिटल रेफर गरेका छन् । कार्कीको अवस्था सामान्य भएको उपचार गर्न गएको वडाध्यक्ष राईले बताए ।

वडाध्यक्ष राईले वडाकै भाईले डकुमेण्ट लिनका लागि स्कुटर मागे पछि आफुले दिएको बताए । चालक बस्नेत र स्कुटी भने इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।