उदयपुर/ स्वास्थ्य, पर्यावरण र पर्यटन विकासका लागि उदयपुरमा पहिलो पटक “राईड टु कोशीटप्पु २०७५” हुने भएको छ ।  उदयपुर र देशैभरका साईकल प्रेमीहरुको विशेष जमघटका साथ आउँदो माघ २५ र २६ गते “राईड टु कोशीटप्पु २०७५” हुने भएको हो ।

उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा हुन गैरहेको कार्यक्रमको बारेमा सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिदै आयोजक भव्य तयारीमा जुटेका छन् ।

स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणका लागि महत्वपूर्ण सन्देश लिएर गरिने कार्यक्रममा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहेको मुल आयोजक समितिको संयोजक जितु कोइरालाले बताए ।

त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापा समेतले भाग लिने साईक्लिङ प्रतिष्प्रर्धात्मक भन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहने कोइरालाले बताए ।

१८ नं. वाहिनीका बाहिनीपति हिमासु खड्काको पनि सहभागिता रहने साईक्लिङ त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई चौदण्डीगढीको बेल्टार-बसाहा हुदै बेलका नगरपालिका पुग्ने छ ।

बेलकाको रामपुर बजार पछि बेलुका कोशीटप्पु नजिकैको सप्तकोशी पुलमा बास बस्ने र भोलीपल्ट सप्तकोशीमा सञ्चालित जेटबोटबाट बाराहा मन्दीरको दर्शन गरी समापन गर्ने कार्यक्रम रहेको कोईरालाले बताए ।

कोशीटप्पु विभिन्न जंगली जनावरका साथै नेपालको चराहरुको राजधानीको रुपमा परिचित छ । टप्पुमा हिउँदयाम र वर्षा याममा विभन्न मौसम अनुसारको चारहरु आउने जाने गर्दछ ।

हिमालमा बसोबास गर्ने चराहरु हिउँदयाम सँगै छाडो छल्न कोशीटप्पु आउने र गर्मी याममा भारतको विभिन्न ठाउँबाट गर्मी छल्ल समेत आउने गर्दछ । यात्राको क्रममा तीनवटै नगरपालिकाकाको बजार क्षेत्रहरु परिक्रमा पनि गरिने जनाकारी दिएको छ ।

“राईड टु कोशीटप्पु २०७५” मा जिल्लाका ४५ जना, बाहिरी जिल्लाहरुका ७० जना र नेपाली सेनाबाट पनि सहभागिता हुने भएको जनाईएको छ ।

पहिलो पटक आयोजना गरिएको कार्यक्रमले बढ्दो लागू औषध दूब्र्यसन, सडक दुर्घटना न्यूनिकरणका लागि समेत सन्देश फैलाउने भएकोले आगामी वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने आयोजकको लक्ष रहेको छ ।