धरान । उन्नाइसौं रेडबुल गोधुली रनिङ फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

मङ्गलबारको अन्तिम क्वाटरफाइलनमा साविध विजेता धरान–१७ ले धरान–१५ लाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ । पहिलो हाफको १२ औं मिनेटमा धरान–१७ का मिलन राई, दोस्रो हाफको ७१ औं मिनेटमा दिवस सुनुवार र ८० औं मिनेटमा तपन कार्की गोल गरे । यता धरान–१५ फिनिसिङमा चुक्दा केही गोल गर्ने मौका खेर फालेको थियो ।

धरान–१५ पनि एकपटकको विजेता टिम हो । खेलको म्यान अफ दी म्याच दिवस सुनुवार घोषित भए । बुधबारको पहिलो सेमिफाइलन खेल धरान–११ र धरान–६ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ । धरान–१७ ले दोस्रो सेमिफाइनल धरान–१३ सँग भिडन्त गर्दैै छ ।