विराटनगर /  विराटनगर– ११ बरमपुरास्थित ८ विघा उखुखेतीमा भिषण आगोलागी भएको छ । मंगलबार दिउँसो साढे १ बजेदेखी सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो ।
नागेस कोइरालाको उखुखेतीमा आगो लागेको हो । आगोलागीबाट करिब ४ लाखको उखु नष्ट भएको उनले जानकारी दिए । ५१ बिघा जग्गा मध्ये १० विघा जमिनमा उखु खेती लगाएको उनले बताए । मंगलबार दिउँसो एकासी लागेको आगोलागीबाट ८ विघा जमिनमा लगाएकोे मध्ये ४ लाखको उखु पूर्ण रुपमा जलेर नष्ट भएको बताए ।
दमकल जाने बाटो नहुँदा बढि छति
स्थानियको अनुसार आगोलागी भएको उखुखेतीमा दमकल जाने बाढो नुहँदा बढी क्षती हुन गएको बताएका छन् । ‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ कोइरालाले भने, ‘आगो लागेको स्थानमा जानेबाटो नहुँदा बाटैमै बस्यो । जसको कारण उखु बढी क्षति हुन पुग्यो ।’ आगो स्थानियबासी प्रहरीको सहयोगमा स्थानिय नहरबाट पम्पसिटबाट पाइपमा पानी तानेर आगो लागेको २ घण्टा पछि नियन्त्रणमा आएको विराटनगर महानगरपालिका ११ का वडा अध्यक्ष तीथेन्द्र न्यौपानेले जानकारी दिए ।