बेलबारी / मोरङको केराबारी गाउँपालिका-८ का अन्दाजी ७ वर्षीय बालक समीर भण्डारीलाई पिकअप भेनले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ ।

केराबारी चोकदेखि दक्षिण खोर्साने जानेबाटोमा को २ च १९३५ नम्वरको कुखुरा बोक्ने भेनले बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी बेलबारीले जनाएको छ । केराबारी बजारबाट खोर्साने तिर तीव्रगतिमा फर्कने क्रममा बालकलाई ठक्कर दिएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालकले मादक पदार्थ सेवन गरी ठक्कर दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।