श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ २ गते बुधबार, १६ जनवरी २०१९ । पौष शुक्लपक्षको दशमी तिथि १९ः२३ बजेसम्म उप्रान्त एकादशी, नक्षत्र भरणी १०ः१० बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः३० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । नँया तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा नँया सदस्यको आगमन होला । रमाइलो यात्रा गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ । शुभ समाचारले मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । राजनैतिक निकायमा उच्च स्थान रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अस्वस्थ्य रहला । सानो कामको लागि ठूलै धनराशि खर्च गर्नुपर्ला । अनावश्यक काममा फसिन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक तथा मांगलिक कार्यक्रमको आयोजना हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । महिलमित्रको सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन वित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । वस्त्र तथा आभूषण प्राप्त होला । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ ।