धरान / प्रदेश नं. १ सरकारको मन्त्रिपरिषद बैठक आज विहान ८ः३० बजेदेखि विराटनगरमा शुरु भएको छ ।
बैठकले संसदको हिउँदे अधिवेशन बोलाउने तथा विभिन्न योजनाहरुको बजेट स्वीकृत गर्नेलगायत कार्यविधीहरु पास गर्ने निर्णय हुने मुख्य मन्त्रिका प्रेस सल्लाहाकार धुर्व सुवेदीले जानकारी दिए ।
संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई गरेको भन्दै सरकारको आलोचना भइरहेको बेला आज मन्त्रिपरिषद बैठक बसेको हो ।

प्रतिपक्षी दलले सरकारलाई संसदको हिउँदे अधिवेशन बोलाउन पटक पटक आग्रह गरिरहेको भएपनि प्रदेश सरकारले ढिलाई गरिरहेको आरोप थियो ।
प्रदेशको नाम राजधानी, केही विधेयकहरुको स्वीकृत, संसदका समितिका सभापति चयनलगायतका विषयहरु थाति रहेका छन् । लामो समयदेखि मन्त्रि परिषद् पनि पूर्ण भएको छैन् ।
भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्रीले नै सम्हालिरहेको अवस्था छ ।