कुनै पनि राज्य सत्ताको आवश्यकता नठान्नु वा राजनीतिक मुद्धा बिना राज्यसत्तालाई आफ्नो धारणा अनुसार चल्नु पर्छ भन्नु अराजकता हो । चिकित्सा क्षेत्र सुधार र चिकित्सा शिक्षामा आम नागरिकको पहुँच पुग्नु पर्दछ ।

त्यसका लागि राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नै व्यवस्था गर्नु पर्दछ भनेर चिकित्सा क्षेत्र सुधारका लागि १५औं पटकसम्म अनसन बसेर आम नागरिकबाट वाह!वाह पाएका डा.गोविन्द केसी अहिले १६औं पटक पूर्वी नेपालको इलाम जिल्ला सदरमुकाममा अनसन बसिरहेका छन् ।

अस्पताल जान समेत नमान्ने उनको हटले गर्दा उनको स्वास्थ्य अवस्था पनि गम्भिर बन्दै गएको सञ्चार माध्यममा सुन्न र पढ्न पाइएको छ ।

चिकित्सा स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगति र दण्डहिनतालाई नजिकबाट हेरेका बुझेका र त्यही विषयको विज्ञ भएको र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि स्वयम् डा.ले नै अभियानको नेतृत्व गरेर सडकमा आएकोले राष्ट्रिय चिकित्सा शिक्षा सुधारका लागि उनले उठाएका विषय र मागहरुलाई आम नागरिकले स्वागत मात्र गरेनन् साथ पनि दिए ।

यो अभियानमा डा.केसी एउटा पात्र हुन यसमा धेरै नागरिकहरुको विचार, चाहना र भावना छ भनेर सरकारले वार्ता गरेर उनले उठाएका मागहरुलाई सम्बोधन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने सहमती समेत गर्यो ।

अहिले सरकारले चिकित्सा शिक्षा सुधारका लागि केसीले उठाएका ९० प्रतिशत भन्दा बढी विषयवस्तु र मागहरुलाई सम्बोधन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लाग्दा पनि सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नआएको भन्दै उनी १६औं पटक अनसन बसेका हुन् ।

ब्रमाण्डमै कुनै पनि वस्तु राज्यसत्ताबाट विचार र व्यवहार सत्प्रतिशत नै शुद्ध सर्वगुण सम्पन्न, सर्वहितकारी विवादमुक्त, आलोचना, समालोचना विहिन हुदैन ।

सबै वस्तु राज्यसत्ता वादविचार र व्यवहारका गुण र अवगुणहरु हुन्छन् डा.केसीले उठाएका विषयवस्तु र मागहरु ९० प्रतिशतभन्दा बढी सम्बोधन हुनुभनेको ९० प्रतिशत भन्दा बढी नै उपलब्धी  हुनु हो ।

मेरो गोरुको बाह्रै टक्का भन्ने प्रवृत्तिबाट कुनै पनि समस्याको समाधान हुदैन । सरकारले सार्वभौम संसदले डा.केसीले उठाएका कुरा नै सत्प्रतिशत मान्नु पर्छ भन्ने पनि छैन र संसारको कुनै पनि लोकतान्त्रिक मुलुकहरुमा त्यस्तो संस्कार हुँदैन ।

यँहा माथि नै भनियो कि डा.केसीले उठाएका विषय र मागहरुमा आम नागरिकको भावना चाहना र आवश्यकता भएकोले मात्र सरकार सहमती सम्झौता गर्न बाध्य भएको हो ।

यो अभियानमा यति धेरै उपलब्धी  हासिल गरेका डा.केसी अहिले अभियान्ताबाट अराजकता तर्फ उन्मुख भईरहेका छन् । झुट र खराव कुरालाई पनि सहे चोटी भन्यो भने सही र कामलाग्ने हुन्छ भन्ने मानसिकताबाट चल्न खोजेको हो पकि भन्ने पनि देखिन्छ तर नेपालीमा एउटा उखान छ ।

गुण पनि तितो हुन्छ । केसीले आफ्नै मात्र हट लिने हो भने उनले प्राप्त गरेका उपलब्धी  र राम्रा कुरा पनि शंकाको घेरामा पर्छन् । उनको इगो र कमी कम्जोरी पनि बाहिर आउँछन् कुनै पनि स्वार्थ र कमी कमजोरी नभएको मानव वा जीब हुदैन ।

तर स्वार्थ सकारात्मक हुनु पर्दछ । कमी कम्जोरीलाई महसुस गरेर सिक्नु पर्दछ ।

आफुलाई राजदुतको आकांक्षा राखेका डा.केसी अहिलेसम्म कुनै पनि पार्टीको सरकार गठन हुंदा राजदुतको सिफारिसमा पर्न नसकेका डा.केसीअहिले राजनीतिक दल र दलका नेताहरु प्रति आक्रोस व्यक्त गर्ने र अशिष्ट भाषामा गाली गलोज पनि गर्दै आएका छन् ।

उनको योग्यता क्षमता अनुसार उनले राजदुतको आकांक्षा राख्नु सकारात्मक पक्ष हो तर इगो राख्नु राम्रो कुरा होइन । चिकित्सा शिक्षा विधेयक तयारीको क्रममा संसदको विषयगत समितिमा छलफलमा बोलाउँदा उनले त्यँहा लिखित मन्तव्य वाचन गरेर छलफलमा सहभागी नै नभएको कुरा पनि बाहिर आइसकेको छ ।

आफ्नाे हटबाट पछि नहट्ने, संसदबाट विधेयक पारित गर्ने प्रक्रियालाई प्रभावित गरेर सार्वभौम संसद वर्तमान व्यवस्था प्रति वितिष्णा पैदा गर्ने कार्यमा डा.के.सि.कतैबाट परिचालित त छैनन् भन्ने शंका पनि उत्पन्न हुन थालेको छ ।

तसर्थ आफ्ना मत, विचारलाई निरन्तर उठाउने र अहिलेको उपलव्धीलाई स्वीकारेर जानु श्रेयकर हुन्छ । होइन भने डा.केसी अभियान्ताबाट अराजकता तर्फ पलायन हुने सम्भावना छ ।