धरान / चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिए पछि उनको थप उपचारको लागि विशेषज्ञ चिकित्सकहरु धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकहरुको टोली इलाम प्रस्तान गरेको छ ।
डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि उनलाई दुई दिन अघिदेखि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको थियो ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा। गौरीशंकर साहका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनमा त्यस तर्फ विशेषज्ञ चिकित्सक पठाइएको हो । प्रतिष्ठानका टोली हिजोदेखि इलाम जान तयारी अवस्थामा बसेको थियो ।
अस्पताल सहायक निर्देशक डा. विकास साहको नेतृत्वमा प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रसान्त साह, जेनेरल प्जििसियन डा. अजय यादव, एनेस्थेसियाका डा. सविन भण्डारी, आइसियु विज्ञ नर्स निर्मला बस्नेत, प्राविधिकहरुसहितको टोली इलाम गएको हो । टोलीले एमजी, इसिजी, पल्स अक्समिटरलगायतका सबै उपकरणहरु पनि लिएर गएको छ । लाइभ इन्भेष्टिगेशनका प्याथोलोजिष्टहरुसमेत लिएर गएको छ । डा. केशीका लागि एउटा भेण्टिलेटर समेत प्रतिष्ठानले रिर्जव राखेको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए ।
डा. केशीको अवस्था जटिल बन्दै
अनशनरत डा गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ । दायाँ फोक्सोमा निमोनिया भएको र रगतमा चिनीको मात्रा कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । इलाम अस्पतालमा अनशनकै क्रममा उपचाररत केसीको मुटुको चाल पनि अनियमित तरिकाले बढ्दै गएको छ । उनी चिकित्सा क्षेत्र सुधारको माग राखी इलामबाट १६औँ अनशनमा छन् ।

डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५ औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि इलामा अनसन बसिरहेका थिए । उनलाई जिल्ला अस्पतालमा उपचार गराइरहेको छ । अस्पतालमा आइसिय नभएका कारण उनको उपचारमा समस्या भएको चिकित्सकले जनाएका छन् ।