समुदायलाई विकास बारे बुझाउनै कठीन

alt
  • माघ २, २०७५
  • २०१ पटक पढिएको
  • ब्लाष्ट खबर

सुनसरीका स्थानीय तहमध्ये कोशी गाउ“पालिका चुनौतीपूर्ण अवस्थामा रहेको छ । यस स्थानीय तहमा दलित समुदायको बाक्लो बस्ती रहेको छ । जसले गाउ“पालिकाको अवस्थालाई प्रष्ट पार्छ । कोशी टप्पु वन्यजन्तु आरक्ष गाउ“पालिकाको कहर बनेको छ । यावत् समस्याको समाधानस“गै विकास निर्माणमा गाउँपालिका जुटेको छ । यसै सेरोफेरोमा रहेर गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीसँगको कुराकानीको सम्पादित अंशः

अहिलेसम्म के कस्ता काम गर्नुभयो ?
–विकास निर्माण भनेको महŒवपूर्ण विषय रहेछ । कोशी गाउँपालिका पिछडिएको क्षेत्र पनि हो । यहाँ दलितहरूको बसोबास बाक्लो रहेको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा कोशी गाउँपालिकामा दलित समुदायको बस्ती धेरै रहेको छ । यस गाउँपालिकामा १० वटा जति गाउँ दलितहरूको मात्र रहेको छ । त्यसलाई मध्यनजर गरेर बाटो–घाटोमा ध्यान दिएका छांै । गाउँपालिकाका ८ वटै वडामा एम्बुलेन्स र दमकल सहजै पुग्न सक्ने गरी बाटोको मर्मत र विस्तार गरेका छौं । गतवर्षको बजेटबाट हामीले २२ सय मिटर पिचबाटो निर्माण गरेका छौं र ३२ किलोमिटर ‘ए’ लेभलको ग्रावेलबाटो निर्माण ग¥यौं । माटो पुर्ने र कल्भर्टलगायतका सानातिना काम हामीले गरिरहेका छौं ।
गाउँपालिका बनेको डेढवर्षको अवधिमा अन्य पनि धेरै काम गरेका छौं । अहिले हामीले १ किलोमिटर बाटो आरसिसी ढलान गरेका छौं । गाउँपालिकाको ८ वडामा ढलान गरिएको छ । बाटो धेरै भत्कने भएकोले त्यस्तो ढलान गरेका छौं ।

यहाँका जनतालाई स्वस्थ्य सेवा कसरी उपलब्ध गराइरहनु भएको छ ?
–स्वास्थ्यमा विशेष ध्यान दिएका छौं । साविक गाविसका ४ स्वास्थ्य चौकी गाउँपालिकामा रहेका छन् । तत्कालीन अवस्थाका ४ स्वास्थ्य चौकीको साधन स्रोत प्रयोग गरेर गाउँपालिकाका ८ वडामा स्वास्थ्य चौकी स्थापना गरेका छौं । कोशी गाउँपालिकाबासीलाई सहज रूपमा स्वास्थ्य सेवा दिन वातावरण निर्माण गरेका छौं । जसले गर्दा दलितहरू पनि स्वास्थ्य संस्थामा उपचार गर्ने र उपलब्ध औषधि प्रयोग गर्न सक्ने भएका छन् ।
त्यसैगरी वडानम्बर ५ मा स्वास्थ्य चौकी निर्माण गरेका छौं । वडानम्बर १ मा प्रसूति केन्द्र निर्माण गरेका छौं । ७० जना आमाहरूले त्यहाँबाट सेवा लिइसक्नु भएको छ । कोशी गाउँपालिकाका पश्चिमी भेग जहाँ दलितहरूको बस्ती रहेको हरिपुर गाउँ छ । त्यहाँ थप अर्को प्रसूति केन्द्र सञ्चालनको अन्तिम चरणमा रहेको छ । स्टाफ क्वार्टरको अभावमा सञ्चालन हुन नसकेको हो । हामीले क्वार्टर निर्माणको लागि पनि बजेट विनियोजन गरिसकेका छौं ।

गाउँपालिकामा शिक्षाको अवस्था कस्तो छ ? के–के काम गरिरहनुभएको छ ?
गाउँपालिका शिक्षामा पनि अति नै पिछडिएको छ । यस गाउँपालिकामा ५ वटा माविस्तरका विद्यालयहरू रहेका छन् । त्यसैगरी १५ वटा मदरसा, १६ वटा आधारभूत विद्यालय रहेका छन् । यति हुँदाहुँदै पनि विद्यालयमा पठन–पाठनको समस्या रहेको छ । यहाँका विद्यालयहरूमा शिक्षाको अभाव रहेको छ । यहाँका माविमा १५ जना शिक्षकको अभाव रहेको थियो । त्यसको लागि गाउँपालिकाबाट सेवा सुविधा उपलब्ध गराउने गरी ११ जना नियुक्त गरेका छौं । १५ जना प्राथमिक विद्यालयका शिक्षक छनौट गरेका छौं । त्यसबाट अपुग हुने भएकोले छनौट भएकालाई ‘मेरिट लिष्ट’ मा राखेका छौं । जसको कारणले भोलि दलित, गरिब र विपन्न वर्गका बालबालिकाले राम्रो शिक्षा पाउन् भनेर विद्यालय, मदरसालाई प्रोत्साहित गरेका छौं ।
राष्ट्रिय मावि सोभनपुरमा परीक्षणको रूपमा कक्षा १ अङ्ग्रेजी माध्यमबाट सञ्चालनमा ल्याएका छौं । हामीले पाठ्यपुस्तक उपलब्ध गराएका छौं । त्यसका अलावा आउने शैक्षिक सत्रबाट थप अन्य विद्यालय पनि अङ्ग्रेजी माध्यममा सञ्चालन गर्ने तयारीमा लागेका छौं । अहिले एउटा विद्यालयबाट शुरुवात गरेका हौं । यसबाट काम गर्न सकिने जस्तो देखिएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठन जति गाह्रो हुने सोचेका थियौं, त्यस्तो नहुने लाग्यो । विद्यालय अङ्ग्रेजी माध्यमबाट सञ्चालन गर्न सकिन्छ । तर, अलि खर्चिलो हुने देखिएको छ । खर्चिलो भए पनि दलित र विपन्नहरूलाई प्रत्यक्ष लाभ पुग्ने भएकोले राम्रो हुने लागेको छ ।

यसका अलावा अन्य काम के गर्दै हुनुहुन्छ ?
–मानवीय विकासका हिसाबले दाइजो, बालविवाहसम्बन्धी कुराहरूतर्फ पनि काम गरिरहेका छौं । त्यस्तै गरेर लागूऔषधसम्बन्धी विभिन्न तालिम, गोष्ठीहरू पनि सञ्चालन गरिरहेका छौं । जसको कारणले कोशी गाउँपालिकामा सकारात्मक परिणाम आएको छ । दाइजो, बालविवाह, लागूऔषध प्रयोग निर्मूल भएको छैन तर न्यूनीकरण भएर गएको छ ।
मुस्लिम समुदायलक्षित काम चाहि“ के के गर्दै हुनुहुन्छ ?
–मुस्लिम समुदायलाई लक्षित गरेर सिलाइ बुनाइका तालिम सञ्चालन गरेका छौं । अन्य कार्यक्रम पनि ल्याउने तयारीमा छौं । मुस्लिम समुदाय शिक्षामा पनि पछाडि रहेको छ । मुस्लिम समुदायको बाहुल्य क्षेत्रमा मुठ्ठीदान र स्थानीय चन्दाबाट मदरसा सञ्चालन हुँदै आएका छन् । मुस्लिम समुदायका बालबालिकाहरूलाई अझै राम्रो शिक्षा मिलोस् भनेर गाउँपालिकाले नियुक्त गरेका शिक्षकहरू मदरसामा पठाउन लागेका हौं ।

कोशी टप्पु वन्यजन्तु आरक्षका जनावरबाट सताइएका जनताको लागि के गर्दै हुनुहुन्छ ?
–पीडितहरू निम्न वर्गका छन् । उनीहरू खुलेर जङ्गली जनावरको कारणले घाइते भएको जानकारीसमेत दिन सक्दैनन् । यस्तो अवस्थामा हाम्रा जनप्रतिनिधिहरूले नै उनीहरूको सबै काम गरिदिने गर्नुभएको छ । घाइतेहरूलाई अस्पताल पु¥याउने र अस्पतालमा आवश्यक सहयोग पनि गर्नु हुन्छ । उनीहरूको अवस्थाको बारेमा जानकारी लिने गर्नु हुन्छ । उपचारपश्चात् घरसम्म ल्याउने कामसमेत गरिरहनुभएको छ । पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन कोशी टप्पु वन्यजन्तु आरक्षमा ताकेता गर्ने काम पनि गरिदिनु हुन्छ । जङ्गली जनावरबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । राति घरबाट ननिस्कने, निस्कँदा लाइट बालेरमात्र निस्कने भनिरहेका छौं । पहिला घरबाट टाढा खेतबारीमा दिसा–पिसाब गर्ने चलन थियो । अहिले सबैको घरमा शौचालयको व्यवस्था भए पनि रातिको समयमा अझै बाहिर जाने गर्छन् । त्यसरी जानु हुँदैन, जङ्गली जनावरले आक्रमण गर्न सक्छ भनेर सम्झाउने गरेका छौं । जनतासँगै जनप्रतिनिधिलाई पनि छ ।

पिछडिएको समुदायसँग काम गर्न कत्तिको कठिन छ ?
–उनीहरूलाई कुरा बुझाउन निकै गाह्रो छ । विकास निर्माणको काममा पनि कतिपय अवस्थामा असहज अवस्था सृजना हुन्छ । उपभोक्ता समितिको माध्यमबाट जनसहभागिता हुन्छ भन्ने कुरा बुझाउनसमेत गाह्रो भइरहेको छ । हामी पैसा किन तिर्ने ? जनसहभागिता किन चाहियो ? तपाईहरूलाई भोट किन हाल्नु ? जस्ता प्रश्न गर्ने गर्छन् । त्यसका बावजुद हामीले सम्झाउँदै, बुझाउँदै, जनचेतना जगाउँदै काममा सहभागिता गराउँदै छौं । अन्यत्र भएका विकास निर्माणको कुरा जोडेर बुझाइरहेका छौं ।
दलित र अशिक्षितको ठूलो समुदाय रहेछ । वहा“हरूलाई आफ्नो अधिकार नै थाहा नहुन सक्छ । सेवा प्रवाह गर्न कत्तिको कठिन छ ?
–यस्तो अवस्थामा हामीले जनप्रतिनिधिज्यूहरूलाई ध्यानमा राखेर काम गर्न भन्दै आएका छौं । वडा अध्यक्षहरू गाउँमा बस्ने भएकोले रिपोर्टिङ गर्नुहुन्छ । सूचना पाएपछि हामी उद्धार, राहतलगायतका अन्य कामहरू गर्छौं । त्यसरी आफैले चासो राखेर सेवा पु¥याउने प्रयास गरिरहेका छौं ।

बालविवाह र दाइजोको अवस्था कस्तो रहेको छ ?
–बालविवाह गर्नु हँुदैन भन्ने जनचेतना सबैमा भइसकेको छ । गाउँघरमा कस्तो प्रश्न उठ्ने गर्छ भने मेरो छोरी भाग्यो भने जिम्मा कस्ले लिने ? मैले २० वर्ष नहुँदासम्म विवाह गरिदिन नहुने ? छोरी पोइल जान सक्छे ? तपाई जनप्रतिनिधि हुनुहुन्छ, इज्जत मेरो जान्छ भन्ने गर्छन् । यहाँका अभिभावकमा के भय छ भने छोरीको उमेर बढी भयो भने विवाह नहुने पो हो कि ? यो पुरातन सोच कायमै रहेको छ । सुन्दरताको कुरा पनि आउने गर्छ । छोरी नराम्री भए माग्न आउने बित्तिकै विवाह गरिदिने सोच पनि रहेको छ । भोलिका दिनमा अरु आउने हो कि होइन भन्ने गर्छन् । वास्तविक रूपमा हेर्ने हो भने छोरी सुन्दर नभए फेरि अर्को केटा माग्न आउँछ कि आउँदैन भन्ने चिन्ताले चाँडै विवाह गरिदिने चलन रहेको छ । यस्ता सामाजिक जटिलताका कुरा छन् । मृत्युदर रोक्नको लागि उमेर हदको व्यवस्था गरिएको हो । मृत्युदर न्यूनीकरण गर्न उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भनेर हामीले जनचेतना जगाइरहेका छौं ।
दाइजोमा अहिले खुल्लम खुल्ला छैन । कस्तो छ भने दिनेले पनि लुकाएर दिँदारहेछन् । लिनेले पनि थाहा नपाउने हिसाबले लिने गरेका छन् । केही गर्न सक्ने अवस्था छैन । तर, पहिलाजस्तो खुल्ला रूपमा लिने–दिने गरेको भने पाइँदैन ।

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको कुरा मिलेन भन्ने सुनिन्छ । यहा“ कस्तो अवस्था छ ?
हाम्रोमा त्यस्तो छैन । हामी नियमअनुसार मिलेर काम गरिरहेका छौं । मैले त्यस्तो अनुभव पनि गरेको छैन । ऐन, नियममा कुरा नमिल्दा समस्या हुने हो । त्यसमा म जानकार भएकोले खासै समस्या छैन । वडाअध्यक्षज्यूहरूले कहिलेकाहीँ नबुझेको अवस्थामा मैले नै बुझाउने गरेको छु । त्यसले गर्दा पनि समस्या सृजना भएको छैन ।

स्थानीय तहमा कर्मचारी बस्न नमान्ने समस्या देखिन्छ । यसले काममा कस्तो समस्या परिरहेको छ ?
–अहिले समायोजनको कुरा आएको छ । सबैले राम्रो ठाउँमा जाने चाहना राख्नु स्वभाविक हो । आफूले चाहेको ठाउँमा पाउने नपाउने यसको समायोजन भइसकेपछि मात्र थाहा हुन्छ । स्थानीय तहका कर्मचारी अन्यत्र जान नपाउने भएकोले पनि उनीहरू आउन नमानेका हुन् । कर्मचारी राज्यका हुन् र उनीहरूले जहाँ पनि काम गर्न पाउने व्यवस्था गरे यो समस्या हुँदैन । कर्मचारी नबसिदिँदा अहिले स्थानीय तहमा काम गर्न भने बाधा पुगिरहेको छ ।
प्रस्तुतिः यज्ञराज अधिकारी / उमेशचन्द्र कटवाल

प्रदेश १ को बजेट ४२

विराटनगर /  १ नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७

उर्लाबारी सरकारले 'ज

उर्लाबारी / उर्लाबारी नगरपालिकाले धिमाल जातिहरुको

हात्तिसार क्याम्पसको

धरान / धरानको पर्यटकीय क्षेत्र विजयपुरस्थित केन्द्


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved