बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल

alt
  • माघ ३, २०७५
  • १९२ पटक पढिएको
  • एजेन्सी

लन्डन / बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । 

हाउस अफ कमन्समा लामो छलफल पश्चात् बुधबार राति भएको मतदानमा प्रधानमन्त्रीको पक्षमा ३२५ र विपक्षमा ३०६ मत परेको थियो । प्रधानमन्त्री मे विरुद्ध ल्याइएको यो पहिलो अविश्वासको प्रस्ताव थियो ।  गत मङ्गलबार ब्रेक्जिट अनुमोदन सम्बन्धी मतदानमा सरकारको पक्षमा २०२ र विपक्षमा ४३२ मत परेको थियो । इयूसँग भएको ब्रेक्जिट सम्झौतालाई बेलायती संसदले अनुमोदन गर्नुपर्ने प्रावधान छ । 

संसदमा अविश्वास प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री थेरेसा मेले विभिन्न दल र पक्षसँग छलफल शुरु गर्नुभएको छ । उनले भने, “वार्ताहरु निकै रचनात्मक ढङ्गबाट अगाडि बढेका छन् र हामीले कुनै पनि स्थितिमा समाधान खोज्नै पर्दछ ।”  तर लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग प्रधानमन्त्रीको भेटवार्ता भएको छैन । कोर्बिनले ब्रेक्जिट सम्झौता फिर्ता नलिएसम्म प्रधानमन्त्रीसँग वार्ता गर्नुको कुनै अर्थ नभएको बताए । 
युरोपेली कुटनीतिज्ञहरुले ब्रेक्जिट सम्झौता लागू हुने दिन अति नजिक आइसकेकाले पुनः छलफल गरी संसदबाट अनुमोदन गर्न सम्भव नभएको बताएका छन् । उनीहरुले ब्रेक्जिट सम्झौता स्थगन हुन सक्ने अनुमान गरेका छन् ।  प्रधानमन्त्री मेले बुधबार संसदमा मुख्यगरी दुईवटा विषयमा सांसदहरुको ध्यानाकर्षण गरेका छन ।  दुबै बुँदाहरु लेबर पार्टीको सिद्धान्त विपरीत छन् । 

प्रधानमन्त्री थेरेसाले ब्रेक्जिट कार्यान्वयनमा ढिलाई गर्न चाहनु भएमा इयूका सबै २७ मुलुकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । तर, मेले ब्रेक्जिट कार्यान्वयनमा ढिलाई नगर्ने दृढता व्यक्त गरे ।  फ्रान्सेली राष्ट्रपति इमानुएल माँक्रोले ब्रेक्जिटमा रहेका केही बुँदामा संशोधन गर्न सकिए पनि त्यो अहिल्यै सम्भव नरहेको बताए । 
जर्मन चान्सलर एन्गेला मर्केलले वार्ताका लागि अझै पनि समय रहेको बताउँदै लन्डनले स्पष्ट र एकीकृत धारणा ल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले बेलायती प्रधानमन्त्रीको नयाँ प्रस्तावको प्रतीक्षा गरिरहेको बताए । 

सङ्घीय संसद्को अधिवे

  काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारील

लिम्बुवान नभएसम्म लड

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय ल

मलद्वारभित्र लागु औष

विराटनगर  /  अवैध लागूऔषध तस्करी गर्ने गिरोहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved