कोलोम्बियामा कारबम आक्रमणमा २१ को मृत्यु

alt
  • माघ ४, २०७५
  • १७७ पटक पढिएको
  • रासस/एएफपी

बोगोटा । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । 

यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । 
आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका रक्षा मन्त्रालयले जानकारी दिएको छ । 

दुर्भाग्यबस यस बम आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र मृतकहरुमा आक्रमणकारी समेत रहेका पनि सो समाचारमा बताइएको छ । 

यस घटनामा परी घाइते भएका ६८ जनामा ५८ उपचारपछि घर फर्केका बताइएको छ । रक्षा मन्त्रालयले शुरुमा दिएको जानकारी अनुसार यस आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै ६५ घाइते भएका थिए । 

कोलोम्बियाका राष्ट्रपति इभान डुक्वेले यस घटनापछि दुःख व्यक्त गर्नुभएको छ । उक्त दुःखद घटनापछि गर्नु भएको ट्वीटमा लेख्नु भएको छ– सबै कोलोम्बियाली आतङ्कबादलाई अस्विकार गर्छन् र सबै एक भई आतङ्कबादविरुद्ध लड्ने छन् । 
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैन । 

सङ्घीय संसद्को अधिवे

  काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारील

लिम्बुवान नभएसम्म लड

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय ल

मलद्वारभित्र लागु औष

विराटनगर  /  अवैध लागूऔषध तस्करी गर्ने गिरोहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved