मेक्सिकोको पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

alt
  • माघ ५, २०७५
  • १२१ पटक पढिएको
  • ब्लाष्ट खबर

 मेक्सिको, / मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । 

घटनास्थलबाट ट्वीटमा उक्त राज्यका प्रशासन प्रमुख ओमार फायदले भने, “पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ भने ७६ जना गम्भीर रूपमा घाइते भएका छन् ।” 

यस अघि प्राप्त जानकारीमा मेक्सिकोको हिडाल्गो राज्यमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २१ रहेको र ७१ जना घाइते भएको बताइएको थियो । 

स्थानीय जनताको सहयोगमा स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको उनले बताए । 
स्थानीय समय अनुसार बिहीबार बेलुका ७ः०० बजेतिर ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा भएको विस्फोटमा परी उनीहरूको मृत्यु भएको बताइएको छ । 

श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेका समय आगलागी हुँदा पाइपलाई विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । 

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडरले घटनाप्रति दुःख व्यक्त गरे  । “सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नुको विकल्प रहँदैन ।” उनले आगो नियन्त्रणका लागि तत्काल उद्धार टोली पठाउन पनि आफ्नो ट्वीटरमार्फत निर्देशन दिए  । 

सरकारले घटनामा घाइते भएका सबैलाई सम्भावित उपचार उपलब्ध गराइरहेको बताइएको छ । गत बर्ष पाइपलाइन बाट तेल चाृरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो । घटनामा गम्भीर घाइते भएका नागरिकहरूको उपचार भइरहेको तर मृतक सङ्ख्या थप बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ । 

सङ्घीय संसद्को अधिवे

  काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारील

लिम्बुवान नभएसम्म लड

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय ल

मलद्वारभित्र लागु औष

विराटनगर  /  अवैध लागूऔषध तस्करी गर्ने गिरोहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved