धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.६ धारापानी खोला वताहमा गोरु काटकाे अभियोगमा पक्राउ परेका तीन जना भण्डारी दाजी भाई धरौटीमा छुटेका छन् ।
धरौटीमा छुट्नेहरुमा साँगुरीगढी गाउँपालिका वडा नं.६ घण्टे घर भएका वर्ष २६ का सुरज भनिने मदन भण्डारी, वर्ष २२ का धने भनिने सिजापती भण्डारी र वर्ष २६ का कल्याण भण्डारी रहेका छन् । उनीहरुलाई जिल्ला अदालत धनकुटाका माननीय न्यायधिश विनोदकुमार पोखरेलले जनही २५ हजार धरौटीमा छोडी दिएका हुन् ।
पक्राउ परेका तीन जनाको रिहाइका लागी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटा, साँस्कृतिक अधिकार मञ्च धरानले विशेष पहल गरेको थियो ।
प्रहरीले उनीहरुलाई विशेष सुराकीको आधारमा साँगुरीगढी गाउँपालिकाको धारापानी खोला वताहमा अघिल्लो मंंगलवार साँझ गोरुको मासु सहित पक्राउ गरेको थियो । उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को पशुपक्षि सम्वन्धि कसूर अन्तर्गत कानुनी कार्वाही अघि वढाइएको थियो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत धनकुटामा पशुपक्षि सम्वन्धि कसुरको आधारमा मुद्धा दायर गरिएको पनि गुरुङ्गले वताए ।