भेनेजुएलामा राजनीतिक उथलपुथल, राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा

alt
  • माघ १०, २०७५
  • १८६ पटक पढिएको
  • रासस

काराकास /  भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गरेका छन ।  गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुशी मनाउँदै जुलुस निकालेका छन् । 

गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गर्नुभएको छ भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना समेतले गुएइदोलाई समर्थन गरेका छन् । 

राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कुटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिए  । यद्यपी राष्ट्रपति मदुरोको पछिल्लो अवस्थाका बारेमा केही सार्वजनिक भएको छैन । 

भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको ठानिएको छ । राजधानी काराकास समेत देशका सबै प्रमुख शहरमा राष्ट्रपति मदुरोको विपक्षमा नारा जुलुस भएका छन् । नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु पनि भएको छ ।  देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् । 

“आज जे भएको छ यसले हामीमा एउटा आशाको सञ्चार भएको छ, यो अति आवश्यक थियो । अब हामीलाई अघि बढ्ने बाटो खुलेको छ,” सरकार विरोधी जुलुसमा सहभागी ४३ वर्षे प्राध्यापक जोजे ग्रेगोरियो फ्लोरेसले बताए ।  राष्ट्रिय सभाका विपक्षी नेता गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै सडकमा उत्रिएका फ्लोरेसले उक्त आशा र विश्वास व्यक्त गरे । 

“गुएइदोले जे भन्नुहुन्छ हामीले समर्थन गर्नुको अब विकल्प छैन । उनले आफू सदाका लागि राष्ट्रपति हुन्न भन्नुभएको छ, उनले अब चुनावको मिति घोषणा गर्नु पर्दछ,” फ्लोरेसले बताए  । “काराकासको पूरै सहर उहाँको समर्थनमा सडकमा उत्रिएको छ ।” 

घोषणालगत्तै सडकमा सवारी साधनले लगातार हर्न बजाएका थिए । कतिपय रङ्गीविरङ्गी पोशाकमा सहभागी प्रदर्शनकारीले भेनेजुएलाको झण्डा फहराएका थिए । प्रदर्शनकारीहरु शहरका एक कुनाबाट अर्को कुनामा मोटरसाइकलमा झण्डा हालेर दौडिरहेका थिए । 

भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलास मदुरोको शासन सङ्कटमा परिरहेको थियो । चौतर्फी आलोचना खेपीरहेको मदुरोको शासनका विरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए ।  गत वर्ष संयुक्तराज्य अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अबैध घोषणा गरेका थिए । 

प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भने, “हामीलाई थाहा छ, यसले निश्चित परिणाम दिनेछ । हामीले पूर्ण लोकतन्त्र प्राप्त नगर्दासम्म प्रदर्शन जारी रहन्छ । हामी जनताको आशा र अभियानलाई खेर जान दिने छैनौं ।”  एक जना मानव अधिकारवादी वकिल गोन्जालेजले भन्नुभयो, “हुँवा गुएइदो राष्ट्रपति भइसक्नुभो, त्यसका लागि हामी लड्न अझै तयार हुनु परेको छ ।” 

सङ्घीय संसद्को अधिवे

  काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारील

लिम्बुवान नभएसम्म लड

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय ल

मलद्वारभित्र लागु औष

विराटनगर  /  अवैध लागूऔषध तस्करी गर्ने गिरोहल


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved