सातदोबाटो–रत्नपार्क मेट्रो रेल निर्माण हुने, आज विश्वव्यापी बोलपत्र आह्वान

alt
  • माघ १०, २०७५
  • २२९ पटक पढिएको
  • रासस

काठमाडौँ /  सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । 

विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले राससलाई जानकारी दिए । सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ । 

विभागले बोलपत्र प्रक्रियामा आगामी चैत ८ गतेसम्म सहभागी हुन सकिने गरी समयसीमा निर्धारण गरेको छ । आर्थिक तथा प्राविधिक प्रस्तावमा योग्य कम्पनीलाई छनोट गरी डिपिआर बनाउन दिइने विभागको भनाइ छ । छनोट भएका कम्पनीले उक्त मेट्रो रेलको विस्तृत सर्वेक्षण, ढाँचा र डिपिआर बनाउनुपर्नेछ । 

विभागले आह्वान गरेअनुसार आशयपत्र पेश गर्ने कम्पनीमध्ये पहिलो चरणमा प्रारम्भिक सूची छनोट गरिनेछ । छनोट भएका कम्पनीको आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिनेछ । सोही कम्पनीले डिपिआर तयार पार्नेछ ।

रवि लामिछानेसहित ३ ज

चितवन / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानवि

संस्थानका कर्मचारी

धरान / नेपाल खानेपानी संस्थानको धरान शाखा धरान खानेपानी

अण्डर १६ साफकालागि न

इटहरी । भारतको कोलकत्तामाबुधबारदेखीहुने अण्डर १६ साफच्य


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved