इटहरी । लिग लिडर मनाङ मस्र्याङ्ग्दी दोस्रो मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ ।

आयोजक राष्ट्रिय जागृति क्लब इटहरीलाई घरेलु मैदानमा २–१ ले स्तब्ध बनाउँदै साविक उपविजेता मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । जितका लागि सुजल श्रेष्ठ र कमल श्रेष्ठले गोल गरे । सान्तवना गोल आयोजकबाट उमेश राईले गरे ।

खेलको म्यान अफ दी म्याच मनाङका कमल श्रेष्ठ घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए । सोमबार साविक विजेता थ्री स्टार र त्रिभुवन आर्मीबीच खेल हुँदै छ । रोचक पक्ष के भने यी दुई टोली १० औं सिमरा गोल्डकपको फाइलनमा भेट गरेका थिए भने थ्री स्टारले बाजी मारेको थियो ।