दुई तिहाईको अगाडी विपक्ष अत्यन्तै कमजोर र फितलो प्रस्तुतीले नागरिकमा निराशा छाउन थालेको छ । 
दुई तिहाई भन्दा बढीको शक्तिशाली नेकपाको सरकार यतिवेला जवरस्तीढंगले लोकतन्त्रको मुल्य मान्यतालाईने गलहत्याएर अधिनायकबाट शैलीमा अगाडी बढ्न थालेकोले सवै क्षेत्र त्रसित भै असनतुष्टि जनाउदै आन्दोलनमा उत्रिएको अहिलेको अवस्थामा प्रमुख प्रतिपक्षी लगायत बिपक्षी दलहरु भने निरही देखिन्छन ।
मुलुकको जल्दो बल्दो समस्या तथा बिषयहरु यतिका धेरै पाउदा र दुई दिहाईको सरकारले गरेको दर्जनौ कमीकमजरीहरुका कारण राजनैतिक बिजिनेस पाउदा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य विपक्षी दलहरुले लोकतान्त्रिक ढंगले विपक्षीको धर्म समेत निभ्याउन नसक्दा जनतामा निरासा छाएको र सरकारकोमा दम्ब बढ्दै चरम स्वयच्छारी बन्दै गएकाले प्रमुख प्रतिपक्षीले प्रतिपक्षीको भूमीका निर्वाह सशक्त ढंगले गर्दै बरालिदै लोकतान्त्रिक बाटो बिराउदै गएको दुई तिहाई भन्दा बढीको शक्तिाशाली ओली सरकारलाई ठिक ठाउमा ल्याउन आवाश्यक रहेको नागरिहरुको आवाज रहेको छ ।
फौदारी आचार संहितमाले स्वतन्त्र पत्रकारीतालाई अंकुश लगाएको भन्दै पत्रकारहरु सरकारसंग रिसाउदै संशोधन गर्न माग गरिरहेका छन भने सवारी चालक तथा यातायत व्यावसायी पनी प्रतिकुल नियम ल्याएको भन्दै असनतुष्ट जाहेर गरेका छन ।यसैगरी चिकित्सकहरु पनि आन्दोलित छन ।शिक्षक तथा कर्मचारीहरु पनि अहिले सरकारले अन्याय गरेको भन्दै आन्दोलनमा उत्रिएका छन ।यूवाहरुलाई बेरोजगार भत्ता र बुढा बुढीहरुलाई बृत्ता भत्ता बढाएर पाच हजार दिने सपना बाढेर नदिएकोमा यूवा युवती तथा बुद्ध बुद्धाहरु पनि ओली सरकारले ढाडेको बन्दै निराशा हुदै चित्त दुखाउदै दुखित बनेका छन । बालिकाहरुको बलात्कार र हत्याको घट्ना अनी महिला हिंसा बढ्दै जादा अपराधीलाई कारवाही गर्न नसक्दा बालिका तथा महिला त्रसित हुदै सरकारसंग रिसाएको अवस्था छ । कर तथा महंगी दिन प्रतिदिन तिव्र रुपमा बढ्दै गएकोमा गरिव जनता झन आक्रोसित बनी रहेको यस्तो परिस्थितिमा प्रमुख प्रतिपक्षी दल लगायत अन्य विपक्षीले सशक्त भूमीका खेल्न नसकेको सर्वत्र गुनासो बढ्न थालेको छ ।
नेपालकै इतिहासमा विपक्षी अत्यन्तै कमजोर भएको र सत्ता पक्ष चरम स्वयच्छारी हुदा नागरिकमा चरम निरासा बढ्न थालेको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्षको गैजिम्मेवार भूमीकाले नागरिकहरु बाध्य भएर बैकल्पिक शक्तिको खोजी तर्फ अग्रह हुने थालेका छन ।
सत्ता पक्षको दम्म दिन प्रतिदिन बढ्दै गैरहेको प्रमुख प्रतपक्षी नेपाली कांग्रेस महासमितिको बैठक सकिएको यतिका लामो समय सम्म पनि कांग्रेस भने तंकरिन सकेको छैन । महासमितिको बैठकले पूर्ण एकता कायमगरी पार्टीलाई रुपान्तरण गरी गति दिने निर्णय गरेता पनि अहिले सम्म हारको पीडालाई शक्तिमा बदल्न नसकेको र पार्टीमा आन्तरिक एकता समेत कायम गर्न नसक्दा सडक देखी सदन सम्म कांग्रेस इतिहासमानै अत्यन्तै कजमोर भएको देखिन्छ । दुई तिहाईको दम्वमा सत्ता पक्ष नेकपा स्वयच्छाचारी हुदै गएकाले जनताले बैकल्पिक बाटो रोच्नेहुनकी भन्ने खतरा बढ्न थालेको छ ।
२०१५ सालमा पनि पहिलो जननिर्वाचित नेपाली कांग्रेसका सभापती वि पी काईरालाको दुई तिहाई भन्दा वढीको शक्तिशाली सरकार थियो र विपक्षी दल गोर्खा परिषद अत्यन्तै कमजोर थियो । त्यतीबेलाका दुई तिहाईका शक्तिशाली प्रधान मन्त्री वीपीलाई विपक्षी दल गोर्खा परिषदका नेता भरत शम्सेरले वीपी हाम्रो पार्टी अत्यन्तै कमजोर भयो तपाई जस्तो नेता पनि हाम्रो पार्टीमा छैन तपाईको पार्टी कांग्रेसमा बिलय गराईदिनुहोस भन्दा वीपीले भरत शम्सेर जी यतीबेला यस्तो गर्ने समय होईन तपाई प्रमुख प्रतिपक्षीमानै वसेर मेरो दुई तिहाईको सरकारको कमी कमजोरीमा खवरदारी गरी बाटो बिराएमा ठिक ठाउमा ल्याउन सशक्त भूमीका खेल्नुहोस भन्नु भयएको थियो ।वीपिले त्यसैबेलाले देखी प्रमुख विपक्षी दललाई मत्वपूर्ण स्थान दिने परम्पराको शुरुवात गर्नु भएको र पत्रकारहरुलाई सरकारको आलोचना गर्न र सरकारको गल्ती औलाई दिन लोककल्याणकारी विज्ञापन दिई प्रकाश खर्च दिन शुरु गर्नु भएको हो ।
वाईडबडी बिमान खरीद,प्रमुख प्रतिपक्षी दलको विरोध र अवरोध हुदा हुदै जवरजस्ती अधिनायकबाद शैलीमा चिकत्सा विधेयक संसदबाट पार्स गर्नु र डा.गोविन्द्र केसीको अनसन लगायत वर्तमान सरकारले गरेको जनविरोधी निर्णयहरु,दैनिक उपभोग्य सामाग्रीहरुको चर्को मुल्यबृद्धी,बालकृष्ण ढुंगेललाई दिएको आम माफी,भारतीय प्रधान मन्त्री संग हतियार सहित भारतीय सेना राजधानी काठमाण्डौ लगायतका क्षेत्रहरुमा भएको उपस्थिति, सरकारको निति तथा कार्यक्रम,नक्कली राष्टूवाद,लम्पसारवाद लगायत महत्वपूर्ण विषयमहरुमा संघिय संसद तथा प्रदेश संसद र सडकमा सशक्त रुपमा विरोध गर्न नसक्नुले प्रतिपक्ष दलको भूमिका अत्यन्तै कमजोर र प्रभावहिन महसुस सवैले गर्न थालेकाले यि मुद्धाहरुमा अव कांग्रेसले सदन र सडक दुवै ठाउमा चर्को रुपमा उठाउदै आन्दोलनको आधिवेहरी ल्याउन सकेन भने कांग्रेस अस्तित्व समाप्त हुदै जाने छ ।
लोकतन्त्रलाई गतिशिल बनाउन र राख्न सरकार पक्षसंगै प्रतिपक्ष पनि उत्तिकै शक्तिशाली र बलियो हुनु पर्छ तर यतिवेला संघ,प्रदेश र स्थानीय तहमा संख्यात्मक हिसावले र भूमिककाको दृष्टिले पनि उपस्थिति अत्यन्तै कमजोर देखिन्छ । त्यसैले यतिबेला सत्ता पक्षसंगै बलियो र दरिलो प्रभावकारी प्रतिपक्ष दलको भूमिकाको खोजी सवै सरोकारवालासंर्गै कांग्रेसजनको अनि मुलुकका लागी पनि महत्वपूर्ण विषय भएको छ ।
नेपाली कांग्रेसले राजनिति जित्यो तर निर्वाचन हा¥यो त्यसैगरी कांग्रेसले लडाई हारेर पनि युद्ध भने जितेको छ । त्यसैले अहिलेको निर्वाचनमा हार्दा लडाईमा हारेको जस्तो सिपाहीको मानसिकत्ताबाट नभएर युद्ध जितेको मानसिकताबाट अगाडी बढ्दै पार्टीलाई नया गति का साथ नया संरचना अनुरुप २१ शताब्दीको कांग्रेस निर्माण गर्न नया उत्साहका साथ सवौलाई संगठित गर्न लाग्नु पर्नेमा कांग्रेसले त्यसो गर्न नसक्दा नेकपा दुईतिहाईको शक्तिको आठमा मताहा जंगी हात्ती जस्तो भएको छ ।
नेपालको संविधान २०७२ को संविधानमा राज्यको पुर्नसंरचना अनुरुप संघ,प्रदेश र स्थानीय तहको व्यवस्था गरेता पनि देशकै पुरानो पार्टी नेपाली कांग्रेस भने निर्वाचन अघि र पछि अनि अहिले सम्म पनि नया संरचना अनुसार संगठन निर्माण गर्न नसक्दा तिनै तहको निर्वाचनमा नराम्रोसंग पराजय भोग्नु परेको र अहिले प्रभावकारी प्रतिपक्षको भूमिका समेत तिनै तहमा निर्वाह गर्न नसेको कारणले गर्दा संघीय सरकार देखी प्रदेश सरकार स्थानीय तहको सरकारमा समेत नेकपाको दुई तिहाई बहुमत भएकाले नेकपाको तिनै तहको सरकार चरम अवसरवादी र महत्वकाक्षीरुपमा संचालन भएको छ ।
नेपाली कांग्रेसले अव केन्द्र,प्रदेश,स्थानीय तहको वडा वडा सम्म छाया सरकार गठन गरी हरेक तहमा उम्मेदवार भएकाहरुलाई पनि जिम्मेदवारी दिई परिचालन गर्ने र भातृ तथा शुबेच्छुक संस्थाहरुको नियमित अधिवेशन गरी भातृ तथा शुबेच्छुक संस्थाहरुलाई पनि देशभरी परिचालन गरी सक्रिय बनाउनु पर्छ अनी मात्र नेकपाको केन्द्र देखी प्रदेश र स्थानीय तहको सरकारले गरेको कमी कमजोरीको भण्डाफोर गर्न सक्छ । विकास निर्माण लगायत प्रत्यक जनताको,समस्या चाहना र आवाश्यक्ता तथा काम र सेवामा अव कांग्रेसको अर्थपूर्ण उपस्थितिका साथ प्रभावकारी भूमिका जनताले महसुस अनी अनुभूती हुने गरी हुनु पर्छ । कांग्रेस हरेक तह तथा निकायमा समस्या भएर होईन समाधान भएर जिम्मेवारपूर्वक जनताको साथमा प्रस्तुत हुनु पर्छ ।
विशेषगरी तन्नेरी नेताहरुले पनि पार्टी नेतृत्वलाई खवरदारी गरी गलत निर्णयहरुलाई सुर्धान लगाउनु भन्दा पनि त्रय नेताहरुकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटहरुमा विभाजित भै नेतृत्वमा जाने, टिकट लिने सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि पार्टीले अहिलेको हविगत व्यहोर्नु प¥यो । त्यसले गर्दा यूवा तथा तन्नेरी नेताहरुले पनि हारको दोष र जिम्मेवारी दिदै अव पार्टीलाई पहिलो बनाउन यूवा पुस्ता बढी जिम्मेवार र सक्रिय हुनु पर्छ । अनी मात्र हाम्रो देशमा लोकतन्त्र र नेपालीक कांग्रेसको भविष्य उज्वल रहन्छ ।
कांग्रेसलाई नया जिवन्तता दिदै निष्क्रिय बनेका कांग्रेसजनमा सक्रियता र उर्जा थप्दै पहिलोको भन्दा सशक्त र उर्जासिल कांग्रेस बनाएर २१ औ शताब्दीको भारी बोक्न सक्ने गरीको देशकै ठूलो र सर्वाधिक शक्तिशाली जनताको प्रिय र आधुनिक पार्टी बनाउनु पर्छ । अनी मात्र नेकपाको चरम स्वयच्छारी रुपमा अगाडी बढ्दै गएको दुई तिहाईको सरकारको दम्वलाई कम गर्न सकिन्छ ।जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सकिन्छ ।
अव देशभरीका कांग्रेसीहरु र हामी यूवा तन्नेरी कांग्रेसजनले सवैभन्दा पहिले व्यापक र घनीभूत रुपमा आत्म समिक्षा गरी आफु बदलीएर कांग्रेसलाई बदल्नु जरुरी छ । मेची देखी महाकाली,हिमाल,पहाड तराई सम्म सशक्त रुपमा जागरण अभियान संचालन गर्नु पर्छ । कांग्रेस ईतिहास बोकेको,वर्तमान भएको र भविष्य पनि सुनिश्चित भएको पार्टी भएकाले कांग्रेसजनले नेपाली कांग्रेसको गौरवपूर्ण ईतिहासलाई भुल्नु हुन्न र सार्थक र सफल बर्तमानलाई आत्मसाथ गर्दै उज्यालो भविष्यलाई पनि सुनिश्चित गर्नु पर्छ । त्यसका लागी विशेषगरी काग्रेसका अहिलेका तन्नेरीहरुले ईतिहास भजाएर खाने मात्र होईन अघिल्लो तन्नेरी पुस्ताले ईतिहास निर्माण गरेकोमा गौरव गर्दै नया इतिहास रच्नु सक्नु पर्छ ।
अहिले राजाबादी देखी कम्युष्टिहरु सम्म कांग्रेसले हिडेको लोकतन्त्रको बाटो ठिक छ भनी निर्विकल्प रुपमा स्वीकार गरिसको अहिलको अवस्थामा नेपाली कांग्रेसले नया निति र कार्यक्रमका साथ आफ्नो सिद्धान्तको पुनव्याख्या गर्दै संगठनको पुनर्निमार्ण गर्न अति आवाश्यक भएको छ । यदी कांग्रेसले यसो गर्न सकेन भने प्रजापरिषद जस्तै ईतिहासमा मात्र सिमित हुन सक्छ अनी नेकपाको दम्व यसरीबढ्दै गए मुलुकमा अधिनायकबाट आउन सक्छ ।
नया युगका लागी नया एजेण्डा बोकेर हिड्न सक्ने कांग्रेसको संगठको ढाचा पार्टीको संघिय विधान पारित गरी संघिय सरचना अनुरुपको पार्टीको संगठन पुर्नगठन शिघ्र गर्नु पर्छ । चरम संकटमा फसेको पार्टीलाई नया उर्जा र जिवन दिनका लागी कुनै पक्ष बाधक बन्नु हुदैन संस्थापन पक्षले पनि सवैलाई समेटर एकताबद्ध ढंगले पार्टीलाई संचालन गर्न पर्छ र अन्य पक्षले पनि संस्थापन पक्षलाई सहयोग गर्नु पर्छ अनि मात्र कांग्रेसले चरम संकटबाट पार पाउछ अनी मात्र प्रमुख प्रतिपक्षको भूमिका खरो ढंगले निर्वाह गरी सत्ता पक्ष नेकपाको दुई तिहाई भन्दा बढीको सरकारलाई स्वच्छाचारी तथा अधिनायकबाद तर्फ जानबाट रोक्न सक्छ ।
सत्ता पक्षले नागरिकहरुको माग र आवाजलाई सम्बोधन नर्गनु प्रमुख प्रतिपक्षी दल लगायत अन्य बिपक्षी दलहरुले जनताको आन्दोलनमा साथ दिन र नेतृत्व गर्न नसक्दा जनतामा निराशा छाएकोले अव सत्ता पक्ष नेकपा र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लोकतान्त्रिक प्रणालीबाट सशक्त र सक्रियताका साथ अगाडी बढे नागरिकमा छाएको निराशासंर्गै बैकल्पिक शक्ति तर्फ बढ्दै गएको नकरात्मक सोच समाप्त भएर जाने छ ।