मधुमल्ला / मोरङको मिक्लाजुङ–७ मा जारी दोस्रो मिक्लाजुङ अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमाबाट रिलायन्स अङ्ग्रेजी मावि फाइलनमा प्रवेश गरेको छ ।

कालिका सामुदायिक माविलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै रिलायन्स उपाधि नजिक पुगेको हो । पहिलो हाफको १० औं मिनेटमा रिलायन्सका समिर मगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । कालिकाका साइमन राइले १८ औं मिनेटमा गोल गर्दै बराबरी गरे । निर्धारित समयसम्म १–१ को बराबरीमा रोकिएपछि नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

फाइलनमा निर्मल सिद्धार्थ अङ्ग्रेजी माविसँग रिलायन्सले भेट पक्क गरेको छ । खेलको म्यान अफ दी म्याच कालिकाका बिजय मगर घोषित हुँदै ट्रफी पाए । छात्रामा टाँडी मावि र बक्राहा माविबीच भिडन्त हुँदै छ । फाइनल बुधबार हुने खेल संयोजक नेत्रप्रसाद दहालले जानकारी दिए ।

छात्रतर्फको विजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने छात्राको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने संचार संयोजक केशब खड्काले जानकारी दिए ।

football (1) man of the match