धरान । नेपालले तीन दिवसीय शृङ्खलामा युएईलाई पराजित गर्दै ऐतिहासिक जीत हात पारेको छ ।

तीन दिवसीय शृङ्खलामा पहिलो दिन कमजोर रहेको नेपालले अन्य दुई खेलमा युएईमाथि शानदार जीत हात पारेको हो । सोमबारको अन्तिम शृङ्खलामा नेपालले चार विकेटको जीत दर्ता गर्दै समग्रमा २–१ को जीत दर्ता गरेको हो । पहिलो शृङ्खलामा नेपाल ३ विकेटले पराजित बनेको थियो ।

दोस्रो शृङ्खलामा १४५ रनको फराकिलो स्कोर ल्याउँदा तेस्रो दिन ४ विकेटले हराउन सफल बन्यो । २५४ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ३२ बल अगावै लक्ष्य पूरा गरेको थियो । युएईले ५० ओभरको क्षतिमा २५४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लािग कप्तान पारस खड्का नायक सावित भए । उनले १०९ बलमा १ छक्कासहित ११५ रन बनाए । उनले १५ चौका प्रहार गरेका थिए ।

ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सोमपाल कामीले २६, आरिफ शेखले २१ र डेब्यु ब्याट्सम्यान सन्दीप जोराले १९ रन बनाएका थिए ।