राजविराज / प्रदेश २ को सरकारले क्यान्सर अस्पताल निर्माणका लागि सम्भाब्यता अध्ययन गर्न समिति गठन गरेको छ । डा. लक्ष्मी नारायण सिंहको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले काम सुरु गरेको छ ।

प्रदेशका ८ वटै जिल्लामा अस्पताल निर्माणका लागि अध्ययन गरिने संयोजक सिंहले बताए । जग्गाको छनौट, पुर्वाधारको ब्यवस्थापनलगायतका विषयमा अध्ययन भईरहेको उनले बताए । करिब १० अरबको लगानीमा अस्पताल भवन निर्माणका लागि ६ वटा जिल्लामा आवश्यक अध्ययन र सरोकारवालासँग छलफल समेत गरिएको उनको भनाई छ ।

४५ दिनको समयसिमा पाएको समितिले बाँकी २ जिल्लामा पुगेर सरकारलाई प्रतिवेदन वुझाउने तयारी गरेको छ । भरतपुर क्यान्सर अस्पतालमा रहेका करिब १४ हजार क्यान्सरका विरामी मध्ये ५० प्रतिशत विरामी प्रदेश २ का रहेकाले सरकार आफै अस्पताल निर्माणमा अग्रसर भएको समितिले जनाएको छ ।