सिरहा/ सिरहा जिल्लाको सीमापारिबाट अनेक बहानामा भन्सार छली, चोरी पैठारी भइरहेको गुनासाका समाचार सार्वजनिक भइरहँदा सिरहा भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सकृयतामा आर्थिक वर्ष ०७५/७६ को ६ महिनामा ६ करोड ९९ लाख ६७ हजार राजश्व असुली भएको छ ।

प्राप्त तथ्याङ्कअनुसार आव ०७४/७५ मा साउनदेखि पुससम्ममा ३ करोड ६८ लाख ९० हजार राजस्व असुली भएको थियो भने आव ०७५/७६ को साउनदेखि पुससम्म ६ महिनामा ६ करोड ९९ लाख ६७ हजार राजस्व असुली भएको छ ।

त्यस्तै आव ०७४/७५ मा जम्मा २७९ मुद्दा दर्ता भएको मध्ये भन्सार कर्मचारी गस्तीबाट ४९, सशस्त्र प्रहरी अन्य निकायबाट ५७ र नेपाल प्रहरी अन्य निकायबाट १७३ गरी जम्मा २७९ मुद्दा दर्ता भएको थियो ।

आव ०७५/७६ को प्रथम ६ महिना (साउनदेखि पुससम्म) भन्सार कर्मचारी गस्तीबाट १२, सशस्त्र प्रहरी अन्य निकायबाट १४६ र नेपाल प्रहरी अन्य निकायबाट ३०८ गरी जम्मा ४६६ मुद्दा दर्ता भएको भन्सार कार्यालयका भन्सार अधिकृत सुमित गुप्ताले बताए ।