भोजपुर/ भोजपुरमा जिल्ला स्तरिय दोश्रो भोजपुर नगरपालिका मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गत शनिवार देखी शुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । पुरुष डबल तर्फको फाईनलमा चन्दन कटवाल र खगेन्द्र राईको जोडी विजयी भएका छन्।

कटवाल र राईको जोडिले प्रविन बस्नेत र सुवास तामाङको जोडिलाई हराउदै जिल्ला स्तरिय दोश्रो मेयर कपको उपाधी जितेका हुन् । उनिहरुले नगद २५ हजार सहित टूफी मेडल र प्रमाण पत्र हात पारे । दोश्रो भएको बस्नेत र तामाङको जोडिले नगद १५ हजार टूफी मेडल र प्रमाण पुरस्कार पाए ।

तेश्रो पुरस्कार विवेक श्रेष्ठ र उत्तम खडका तथा तोत्र खडका र विजय तामाङले हात पारे । तेश्रो भएका २ जोडिले नगद १० हजार सहित मेडल टूफी र प्रमाण प्राप्त गरे । महिला सिगल तर्फको उपाधी शुभलक्ष्मी श्रेष्ठले जितिन् ।

श्रेष्ठ हेन्खामा राईलाई पछि पार्दै विजेता बनेकी हुन । श्रेष्ठले नगद ५ हजार पाईन् । दोश्रो भएकी राईले नगद तिन हजारमा चित्त बुझाईन् । यस्तै १५ बर्ष मुनिको युनियर खेलको पुरस्कार युनिश राईले पाए ।

विजेता खेलाडीहरुलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा राष्टिय खेलाडीहरु रत्नजित तामाङ, नङशाल देवी तामाङ र नविन श्रेष्ठलाई सम्मान गरिएको संघका अध्यक्ष निमा शेर्पाले बताए ।